सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेसलाई अङ्कुश लगाउने काम हुँदैन : कार्यवाहक प्रधानमन्त्री पोखरेल


  •    /२७ जेष्ठ २०७६, सोमबार २०:१७ 
  • ‘संवैधानिक अङ्गले संविधानसम्मत गरेको कार्यमा कार्यपालिकाले हस्तक्षेप गर्न मिल्दैन’

    विराटनगर । कार्यवाहक प्रधानमन्त्रीसमेत रहनुभएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकारले प्रेसलाई नियन्त्रण गर्ने कल्पना पनि गर्न नसकिने बताउनुभएको छ ।

    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले प्रेस स्वतन्त्रता र लोकतन्त्रका लागि लडेको शक्ति प्रेसलाई वर्तमान सरकारले अङ्कुस लगाउने कुनै पनि कार्य नगर्नेमा ढुक्क हुन आग्रह गर्नुभयो । कार्यवाहक प्रधानमन्त्री पोखरेलले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकलाई थप व्यवस्थित बनाइने बताउनुभयो ।

    उहाँले विधेयकले प्रेसलाई मर्यादित बनाइ अनुचित र गैरजिम्मेवार कार्यलाई भने नियन्त्रण गर्ने बताउनुभयो । उहाँले विधेयकले नेपाली प्रेस जगतलाई व्यवस्थित र मर्यादित बनाउने उल्लेख गर्दै विधेयकलाई व्यवस्थित बनाउन आवश्यक सल्लाह, सुझावलाई सरकारले आत्मसात गरेर अघि बढ्ने प्रष्ट पार्नुभयो ।

    उहाँले संवैधानिक अङ्गले संविधानसम्मत गरेको कार्यमा कार्यपालिकाले हस्तक्षेप गर्न नमिल्ने बताउनुभयो । लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया समावेशी सिद्धान्तअनुसार अघि बढाएको भनेर प्रष्ट पारिसकेको अवस्थामा उहाँले अन्य कुरामा सत्यता नभएको विचार व्यक्त गर्नुभयो । उहाँले प्रदेशस्तरमा लोकसेवा आयोग नबनेकोे अवस्थामा स्थानीय निकायलगायत प्रदेशस्तरमा कर्मचारी पदपूर्तिका लागि सङ्घीय लोकसेवा आयोगले गरेको कर्मचारीको मागको विज्ञापनलाई अनुचित भन्न नमिल्ने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.