सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेसलाई अङ्कुश लगाउने काम हुँदैन : कार्यवाहक प्रधानमन्त्री पोखरेल


  •    /२७ जेष्ठ २०७६, सोमबार २०:१७ 
  • ‘संवैधानिक अङ्गले संविधानसम्मत गरेको कार्यमा कार्यपालिकाले हस्तक्षेप गर्न मिल्दैन’

    विराटनगर । कार्यवाहक प्रधानमन्त्रीसमेत रहनुभएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकारले प्रेसलाई नियन्त्रण गर्ने कल्पना पनि गर्न नसकिने बताउनुभएको छ ।

    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले प्रेस स्वतन्त्रता र लोकतन्त्रका लागि लडेको शक्ति प्रेसलाई वर्तमान सरकारले अङ्कुस लगाउने कुनै पनि कार्य नगर्नेमा ढुक्क हुन आग्रह गर्नुभयो । कार्यवाहक प्रधानमन्त्री पोखरेलले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकलाई थप व्यवस्थित बनाइने बताउनुभयो ।

    उहाँले विधेयकले प्रेसलाई मर्यादित बनाइ अनुचित र गैरजिम्मेवार कार्यलाई भने नियन्त्रण गर्ने बताउनुभयो । उहाँले विधेयकले नेपाली प्रेस जगतलाई व्यवस्थित र मर्यादित बनाउने उल्लेख गर्दै विधेयकलाई व्यवस्थित बनाउन आवश्यक सल्लाह, सुझावलाई सरकारले आत्मसात गरेर अघि बढ्ने प्रष्ट पार्नुभयो ।

    उहाँले संवैधानिक अङ्गले संविधानसम्मत गरेको कार्यमा कार्यपालिकाले हस्तक्षेप गर्न नमिल्ने बताउनुभयो । लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया समावेशी सिद्धान्तअनुसार अघि बढाएको भनेर प्रष्ट पारिसकेको अवस्थामा उहाँले अन्य कुरामा सत्यता नभएको विचार व्यक्त गर्नुभयो । उहाँले प्रदेशस्तरमा लोकसेवा आयोग नबनेकोे अवस्थामा स्थानीय निकायलगायत प्रदेशस्तरमा कर्मचारी पदपूर्तिका लागि सङ्घीय लोकसेवा आयोगले गरेको कर्मचारीको मागको विज्ञापनलाई अनुचित भन्न नमिल्ने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.