सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकारलाई धम्क्याउने मेयर द्वारिकालाल चौधरीले आत्मआलोचना गरे


  •    /२६ जेष्ठ २०७६, आईतवार २१:०२ 
  • काठमाडौँ । पत्रकारको ‘नाकको डाँडी भाँच्छु’ भन्दै खुलेआम धम्की दिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले अन्ततः आत्मआलोचना गरेका छन् । उनले इटहरीका पत्रकार विराट अनुपमलाई आक्रमण गर्ने धम्की दिँदै त्यसका लागि एक करोड रुपैयाँ पर्ने घडेरी छुट्याएको बताएका थिए । टेलिभिजन अन्तर्वार्तामासमेत उनले पत्रकारलाई आक्रमण गर्ने धम्की दोहोर्याएका थिए ।

    मेयर चौधरीको धम्कीको सर्वत्र आलोचना भएपछि उनले आइतबार साँझ प्रेस विज्ञप्ति प्रकाशित गरि आत्मआलोचना गरेका हुन् । विज्ञप्तिमा उनले आफ्नो भनाईबाट सम्बन्धित पत्रकार र सञ्चार जगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गरेका छन् । साथै उनले प्रेस जगतलाई आघात पार्ने भनाई फिर्ता लिएको पनि बताएका छन् ।

    मेयर चौधरीले भनेका छन्–‘मेरो सञ्चारजगतप्रति चोट पुर्याउने कुनै मनसाय छैन र आगामी दिनमा पनि रहने छैन । इटहरी उपमहानगरपालिका प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध छ । यो संवैधानिक हकप्रति सधैँ प्रतिवद्ध रहने छ ।’

    मेयर चौधरीले पत्रकारलाई आक्रमणको धम्की दिएपछि कानुनको पालना गर्ने र गराउने स्थानीय सरकारको प्रमुखबाटै कानुन हातमा लिने काम भएको भन्दै सर्वत्र आलोचना भएको थियो । उनकै पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले पनि उनको यो आक्रोशपूर्ण भनाईले लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार र कानुनी शासनको धज्जी उडाएको भन्दै आत्मआलोचना गर्न व्यक्तिगत रुपमा र सामाजिक सञ्जालमार्फत सुझाव दिँदै आएका थिए ।

    मेयर द्वारिकालाल चौधरीले जारी गरेको प्रेस विज्ञप्ति :

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो: प्रहरी महानिरीक्षक कार्की
    नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने
    • सुरक्षाकर्मीको भूमिका प्रशंसनीय: मुख्यमन्त्री पाण्डे
    • मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान
    • रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    • बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.