काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणको सिलसिलामा केही बेरअघि स्वीट्जरल्याण्डको जेनेभा पुग्नुभएको छ । जेनेभा अन्तरराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनका लागि स्वीस महासङ्घका स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराई एवं नियोगका अधिकारी, जेनेभा क्यान्टनका काउन्सिलर तथा स्वीस वरिष्ठ अधिकारीले स्वागत गर्नुभयो ।
प्रधानमन्त्री ओली जेनेभामा भइरहेको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकी समारोहमा सहभागी हुन स्वीट्जरल्याण्डको भ्रमणमा जानुभएको हो । प्रधानमन्त्री ओलीले आइएलओको शतवार्षिकी समारोहलाई सोमबार सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीको सम्मानमा जेनेभास्थित नेपाली नियोग प्रमुखले आज साँझ स्वागत समारोह आयोजना गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले त्यस अवसरमा स्वीट्जरल्याण्डमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बुझिएको छ ।
प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र प्रेस सल्लाहकार डा कुन्दन अर्याल तथा सांसद विमलप्रसाद श्रीवास्तव र विन्दा पाण्डे हुनुहुन्छ ।
परराष्ट्र सचिव शङ्करदास वैरागी, श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहाल तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीलगायत पनि प्रतिनिधिमण्डलमा सहभागी हुनुहुन्छ । गैरसरकारी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा र रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकाल जेनेभा भ्रमणमा सहभागी हुनुहुन्छ । रासस