सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री केपी शर्मा ओली जेनेभामा


  •    /२६ जेष्ठ २०७६, आईतवार २०:०१ 
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणको सिलसिलामा केही बेरअघि स्वीट्जरल्याण्डको जेनेभा पुग्नुभएको छ । जेनेभा अन्तरराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनका लागि स्वीस महासङ्घका स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराई एवं नियोगका अधिकारी, जेनेभा क्यान्टनका काउन्सिलर तथा स्वीस वरिष्ठ अधिकारीले स्वागत गर्नुभयो ।

    प्रधानमन्त्री ओली जेनेभामा भइरहेको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकी समारोहमा सहभागी हुन स्वीट्जरल्याण्डको भ्रमणमा जानुभएको हो । प्रधानमन्त्री ओलीले आइएलओको शतवार्षिकी समारोहलाई सोमबार सम्बोधन गर्ने कार्यक्रम छ ।

    प्रधानमन्त्री ओलीको सम्मानमा जेनेभास्थित नेपाली नियोग प्रमुखले आज साँझ स्वागत समारोह आयोजना गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले त्यस अवसरमा स्वीट्जरल्याण्डमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

    प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र प्रेस सल्लाहकार डा कुन्दन अर्याल तथा सांसद विमलप्रसाद श्रीवास्तव र विन्दा पाण्डे हुनुहुन्छ ।

    परराष्ट्र सचिव शङ्करदास वैरागी, श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहाल तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीलगायत पनि प्रतिनिधिमण्डलमा सहभागी हुनुहुन्छ । गैरसरकारी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा र रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकाल जेनेभा भ्रमणमा सहभागी हुनुहुन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खोरसोरमा गोविन्देको त्रास
    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    • अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.