सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुपरस्टार राजेश हमाल ५६ वर्षमा


  •    /२६ जेष्ठ २०७६, आईतवार १०:३६ 
  • काठमाडौं । नेपाली चलचित्र क्षेत्रका सुपरस्टार राजेश हमाल कति वर्ष पुगे होलान् ? उनका धेरै फ्यानको चासोको विषय हो यो । यिनै सुपरस्टार राजेश हमाल आइतबारदेखि ५५ वर्ष पूरा भई ५६ वर्षमा लागेका छन् । ९ जुन, १९६४ मा पाल्पाको तानसेनमा जन्मिएका हमालले २०४८ सालमा प्रदर्शनमा आएको फिल्म ‘युगदेखि युगसम्म’ बाट नेपाली रजतपटमा पाइला राखेका थिए ।

    आफ्नै मामा स्वर्गीय दीपक रायमाझी निर्देशित यस फिल्मपछि उनले आफ्नो करिअर कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । ३ दशक लामो फिल्म यात्रामा उनले २ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् ।

    हामी तीन भाइ, देउताु, अल्लारेु, अजम्बरी नाता, पालेदाई, आशीर्वाद जस्ता फिल्म उनका हिट मानिन्छन् । उनले धेरै निर्मातालाई धनी पनि बनाए । एक समय उनी नेपाली फिल्मका निर्विकल्प अभिनेता थिए ।

    काँचको पर्दामा शहरियादेखि गाउँले युवकको भूमिकासम्म निर्वाह गरेका उनलाई ‘बिद्धान नायक’ को रुपमा पनि चित्रित गरिएको पाइन्छ । राजेश हमालले आफ्नो विद्यालय स्तरिय शिक्षा मस्कोबाट र उच्च शिक्षा (एम ए अङ्ग्रेजी) भारतको पञ्जाब विश्वविद्यालयबाट पूरा गरेका हुन् ।

    नेपालमा कक्षा ८ सम्म सेन्ट जेभियर स्कूलमा उनले अध्ययन गरेका थिए । सन् १९८५ मा भारतको फेसन नेट म्यागजिनमा र सन् १९८६ मा नेपालको काठमाडौंमा र्‍याम्पमा हिँडेर ग्ल्यामर दुनियाँमा प्रवेश गरेका उनले एक वर्षमा औषत १०÷१२ वटा फिल्ममा समेत अभिनय गरेका थिए ।

    सन् १९९४ मा उनले १६ वटा फिल्ममा अभिनय गरेका थिए । एउटा पाकिस्तानी फिल्म पनि अभिनय गरेका उनका लागि आफूले गरेका फिल्ममध्ये देवता र वसन्ती सबैभन्दा मनपर्ने फिल्म हुन् । उनलाई नेपाली फिल्मका महानायक भनिन्छ ।

    राष्ट्रिय नागरिक गोल्डेन अवार्ड, राष्ट्रिय चलचित्र पुरस्कार जस्ता पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका उनको लभ लाइफ पनि उत्तिकै रोमाञ्चक छ । केही नायिकाहरुसँग उनको नाम जोडिएपनि ५० वर्षको उमेरमा वर्ष सन् २०१४ मा उनले मधु भट्टराईसँग विवाह गरे ।

    अभिनेता हमाल अभिनीत पछिल्लो रिलिज फिल्म शकुन्तला हो । यसमा उनले एक महिलाको भूमिका निर्वाह गरेका थिए । यसपछि उनी पर्दाबाट टाढा छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.