सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काग्रेसका सभापति देउवा शनिबार चितवन आउँदै


  •    न्युजभित्तो/६ चैत्र २०७७, शुक्रबार १५:५५ 
  • चितवन ६ चैत । नेपाल तरुण दलले चितवनमा राष्ट्रिय भेला आयोजना गर्न लागेको छ । नेपाली कांग्रेस केन्द्रीय तरुण विभागको आयोजनामा तरुणको राष्ट्रिय भेला गर्न लागिएको हो । शनिबार हुने कार्यक्रमलाई सम्बोधन गर्न नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा चितवन आउने भएका छन् ।

    रत्ननगरको निपनीस्थित होटल स्टार व्याङ्क्वेटमा बिहान साढे ११ बजे उद्घाटन हुने कार्यक्रम रहेको छ । सभापति देउवासँगै सहमहामन्त्री प्रकाशशरण महत, कांग्रेस तरुण विभाग संयोजक नेपाली काग्रेसका केन्द्रीय सदस्य पूर्वमन्त्री शंकर भण्डारी, केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

    भेलाअघि विभिन्न जिल्लाबाट सुरु हुने मोटरसाइकल ¥याली चितवन आउने छ । पूर्वको मकवानपुर, पश्चिमको नवलपुर, दक्षिणको माडीबाट मोटरसाइकल ¥याली सुरु हुने नेपाली कांग्रेस बाग्मती प्रदेश तरुण विभागका सदस्य हेमन्त पाख्रिनले बताए । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन पूरा भएको पाख्रिनले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.