सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश नम्बर २ मा सबैभन्दा बढी जातीय भेदभाव तथा छुवाछूतका घटना


  •    /२५ जेष्ठ २०७६, शनिबार ११:४१ 
  • पाल्पा । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश वस्तीले सबैभन्दा बढी जातीय भेदभाव तथा छुवाछूतका घटना प्रदेश नम्बर २ मा रहेको बताउनुभएको छ ।

    दोस्रोमा ६ नम्बर, तेस्रोमा सात र पाँच नम्बर प्रदेशमा जातीय भेदभाव तथा छुवाछूत घटना रहेको सदस्य वस्तीले बताउनुभयो । आयोगले आयोजना गरेको जातीय भेदभाव तथा छुवाछूतविरुद्धको अधिकार विषयक अन्तक्र्रियामा वस्तीले दलित समुदायमाथि जातीय भेदभाव तथा छुवाछूतका घटना नरोकिएको बताउनुभयो ।

    कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालले कानूनका दृष्टिले सबै समान रहेको बताउँदै समाजमा छुवाछूत व्याप्त रहेको बताउनुभयो । “सचेत मानिसमा छुवाछूत छैन”, उहाँले भन्नुभयो ।

    रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्की भन्नुहुन्छ, “जातीय छुवाछूतजस्तो समस्यालाई न्यूनीकरणका लागि पाठ्यक्रममा समावेश गर्न आवश्यक छ ।” बगनासकाली गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले २१ औँ शताब्दीमा जातीय छुवाछूतसम्बन्धी कुरा गर्न बाध्य हुुनुपरेको बताउनुभयो । उहाँले नेपालको संविधान दलित, महिला र अपाङ्गमैत्री बने पनि कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो ।

    पाल्पाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव र पाल्पाका प्रहरी प्रमुख विश्वमणि पोखरेलले जातीय छुवाछूतका घटना जनचेतनाको कमीकै कारण भएको बताउनुभयो । आयोग प्रदेश नम्बर ५ का निर्देशक सम्झना शर्माले जातीय छुवाछूतको विधि र शैली मात्र फरक भएको बताउनुभयो ।

    कार्यक्रममा दलित अधिकारकर्मी, प्राध्यापक, वृद्धिजीवी तथा पत्रकारले जातीय छुवाछूत अन्त्यका लागि दलित समुदायको आर्थिक, शैक्षिक, सामाजिक–सांस्कृतिकलगायतका क्षेत्रमा उत्थानका लागि विशेष कार्यक्रम सरकारले ल्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पाल्पामा विद्यालय, मन्दिर, कुवा धारा तथा मेलापात, प्रेम विवाहमा जातीय आधारमा छुवाछूत रहेको बताइएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो: प्रहरी महानिरीक्षक कार्की
    नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने
    • सुरक्षाकर्मीको भूमिका प्रशंसनीय: मुख्यमन्त्री पाण्डे
    • मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान
    • रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    • बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.