सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन च्याम्पियनसीप : उद्घाटन खेलमा फोर ब्रदर्श विजयी


  •    /२४ जेष्ठ २०७६, शुक्रबार २०:५७ 
  • चितवन । एभरेष्ट क्लब भरतपुर ११ द्वारा आयोजित पाँचौँ चितवन च्याम्पियनसीप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा साविका विजेता गैँडाकोटको फोर ब्रदर्श फुटबल क्लब विजयी भएको छ । गैँडाकोटले सेन्ट्रल कलेज भरतपुर फुटबल क्लबलाई २ का विरुद्ध ३ गोल गर्दै पराजित गरेको हो ।

    फोर ब्रदर्शका तर्फबाट सजिन थापाले दुई तथा राजिव लोप्चनले एक गोल गरेका थिए । त्यस्तै, सेन्ट्रल कलेज भरतपुर फुटबल क्लबका तर्फबाट सुनिल श्रेष्ठ र निरज बस्नेतले एक/एक गोल गरेका थिए । निकै रोमाञ्चकारी खेलमा गैँडाकोटको फोर ब्रदर्शका अमीर श्रेष्ठ म्यान अफ दी म्याच घोषित भएका छन् ।

    प्रतियोगिता अन्तर्गत भोलि शनिबार नारायणगढ फुटबल क्लब र राप्ती रिभर्स फुटबल क्लबबीच प्रतिष्पर्धा हुनेछ । ‘युवाहरुको बाटो कुलत र दुव्र्यसन होइन, चेतना, समाज विकास र राष्ट्र निर्माण हो’ भन्ने नाराका साथ आयोजना गरिएको पाँचौँ चितवन च्याम्पियनसीपमा आठ वटा स्थानीय सहित १६ टिम सहभागी छन् ।

    प्रतियोगिताको विजेताले उपाधिसहित तीन लाख रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाउनेछ । प्रतियोगिताको उपविजेताले एक लाख ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पाउनेछ भने तेस्रो हुने समूहले ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ ।

    सो प्रतियोगितामा बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई १०/१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने एभरेष्ट क्लबका सल्लाहकार सन्तोष पनेरुले जानकारी दिए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २० हजार रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिता आगामी असार ७ गतेसम्म सञ्चालन हुनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.