सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विप्लबका चार कार्यकर्ता कारागार चलान


  •    /२३ जेष्ठ २०७६, बिहीबार २२:५३ 
  • स्याङ्जा । नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेकपाका चार कार्यकर्तालाई आज कारागार चलान गरिएको छ । जिल्ला अदालतले तोकेको धरौटी रकम बुझाउन नसक्दा उनीहरुलाई कारागार पठाइएको श्रेस्तेदार नन्दप्रसाद आचार्यले जानकारी दिनुभयो ।

    नक्कली बम बनाएर आतङ्क मच्चाउनुका साथै एनसेल टावर आक्रमण र चन्दा असुलेको उनीहरुमाथि आरोप छ । पक्राउ परेका चारै जनासँग प्रति व्यक्ति चार लाख २० हजार रुपैयाँका दरले धरौटी माग गरिएको र सो रकम बुझाउन नसक्दा उनीहरुलाई थुनुवा पूर्जी दिएर कारागार चलालन गरिएको आचार्यले बताउनुभयो ।

    कारागार चलान गरिनेमा चन्द समूहका जिल्ला इञ्चार्ज रहेका पोखरा महानगरपालिका–२७ का ३३ वर्षीय गोकुल पराजुली, पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका–१ का २९ वर्षीय गोविन्द ओली, वालिङ नगरपालिका–२ का ५० वर्षीया मिसिरा नेपाली र भीरकोट नगरपालिका–२ का ४७ वर्षीय सागर अर्याल रहेका छन् ।

    उनीहरुमाथि गत फागुन १० गते वालिङ नगरपालिका–१२ स्थित एनसेल टावरमा आक्रमण गरेको तथा गत फागुन ३० गते पुतलीबजार नगरपालिका–४ भालुपहाडमा बम राखेको आरोप लागेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खोरसोरमा गोविन्देको त्रास
    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    • अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.