सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय पुरुष भलिबलः पुलिस र एपीएफ सेमिफाइनलमा


  •    /२३ जेष्ठ २०७६, बिहीबार २१:१८ 
  • काठमाडौँ /  विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लब समूह विजेता बन्दै चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।     

         

    लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रमा आज भएको लिग चरणको अन्तिम खेलमा पुलिसले प्रदेश नं ३ लाई ३–० सेटमा पराजित गरी समूह ‘ख’ को विजेता बन्दै सेमिफाइलमा स्थान बनाएको हो । पुलिसले प्रदेश ३ लाई २५–१४, २५–२० र २५–१८ अङ्कले हराएको हो ।    
         
    यस्तै एपीएफ क्लब प्रदेश नं १ लाई ३–० सेटमा हराउँदै समूह ‘क’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । एपीएफले प्रदेश १ लाई २५–१४, २५–१६ र २५–१६ अङ्कले पराजित गरेको हो । शुक्रबार सेमिफाइनल खेलमा पुलिसले आर्मीसँग तथा एपीएफले गण्डकी प्रदेशसँग खेल्नेछ । नेपाली सेनाले आयोजना गरेको उक्त प्रतियोगिताको विजेताले रु तीन लाख तथा उप–विजेताले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ । तेस्रो हुने टोलीले रु ७५ हजार प्राप्त गर्नेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.