सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बिरामी खोज्दै क्षयरोग निवारण संस्था नारायणगढ


  •    न्युजभित्तो/११ फाल्गुन २०७७, मंगलवार १७:४५ 
  • चितवन, ११ फागुन । नेपाल क्षयरोग निवारण संस्था नारायणगढले समुदायमा रहेका क्षयरोगका बिरामीलाई परीक्षण, उपचार र जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ । विसं २०३६ बाट निरन्तररूपमा सो संस्थाले अभियान चलाउँदै आएको छ ।

    भरतपुर महानगरपालिका–१ लीलाचोकमा कार्यालय रहेको सो संस्थाले गत वर्ष ९९१ जनाको खकार परीक्षण गरी ४५ क्षयरोगका बिरामीको उपचार गरिरहेको छ । कार्यक्रम अधिकृत अर्जुन त्रिपाठीका अनुसार संस्थाले चालु आर्थिक वर्षको हालसम्म १४४ जनाको परीक्षण गरेको छ । तीमध्ये आठ क्षयरोगका बिरामी भेटिएका छन् ।

    संस्थाका सभापति दामोदर न्यौपानेका अनुसार यस वर्ष विभिन्न आठवटा जनचेतनामूलक कार्यक्रम गरिएको छ । गत वर्ष १० वटा कार्यक्रम गरिएको थियो । विभिन्न सङ्घसंस्था, सरोकारवाला, बिरामी, समुदायका मानिस, स्वास्थ्य आमा समूहलगायत लक्षित वर्गसम्म पुगेर रोगका बारेमा जानकारीसँगै जनचेतना फैलाउने काम भइरहेको छ ।

    संस्थामा हाल २९ क्षयरोगका बिरामी उपचाररत छन् । ती बिरामीमध्ये सात जनालाई मल्ट्री ड्रग रेसिस्टेन्ट अर्थात् महङ्गो खालको औषधि खुवाएर उपचार गरिँदैछ । छ महिना औषधि खाँदा निको नभएका जटिल बिरामीलाई यो औषधि खुवाउने गरिन्छ । न्यौपानेका अनुसार ती बिरामीलाई एक जनाको उपचारमा रु आठ लाख हाराहारी खर्च हुने गर्दछ । उनीहरुका लागि सरकारले औषधि, पोषण र परीक्षण खर्च उपलब्ध गराउँछ । त्यसको सहजीकरण संस्थाले गर्दै आएको न्यौपानेले जानकारी दिनुभयो । उनीहरुलाई नौदेखि १८ महिना औषधि खुवाउनुपर्ने हुन्छ ।

    सामान्य अवस्थाका बिरामीका लागि करिब रु छ हजार खर्च हुने गर्दछ । उनीहरुलाई छ महिनासम्म नियमित औषधि खुवाउनुपर्ने हुन्छ । क्षयरोग दुई प्रकारका हुने गर्दछन् । एउटा फोक्सोमा लाग्ने गर्दछ भने अर्को अन्य अङ्गमा लाग्ने गर्दछ । फोक्सोमा लागेको क्षयरोग श्वासप्रश्वासबाट सर्ने गर्दछ । अन्य अङ्गमा लागेका क्षयरोग सर्दैन ।

    सङ्घले क्षयरोगका बिरामीको एचआइभी एड्स परीक्षण र एचआइभीका बिरामीको क्षयरोग परीक्षणसमेत गर्ने गर्दछ । न्यौपानेले भन्नुभयो, “सामाजिक व्यक्तिहरुको सहयोगका कारण समुदायमा बिरामी खोजेर उपचार गर्ने यो अभियानले निरन्तरता पाएको छ ।” उहाँको भनाइमा नेपालमा विसं २०१० मा स्थापना भएको यस संस्थाअन्तर्गतका शाखामा सामाजिक व्यक्ति रहेर समुदायमा सेवा गर्दै आएका छन् । यस संस्थाले विद्यालयमा जुनियर नाटा नामक समिति गठन गरी जनचेतनामूलक कार्यसमेत गर्ने गरेको छ ।

    सो संस्था सञ्चालनका लागि रु ४७ लाख ५० हजारको अक्षयकोष खडा गरिएको छ । संस्थाले विगत १० वर्षदेखि एम्बुलेन्स सञ्चालन गर्दै आएको छ । यससँगै हालै मात्र नयाँ एम्बुलेन्स खरिदका लागि संस्थाका पूर्वसभापति भीमराज पाठकले रु १५ लाख संस्थालाई उपलब्ध गराउनुभएको छ ।

    स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी सरकारले गर्नुपर्ने काम यस संस्थाले गर्दै आएको बताउनुहुन्छ । जनचेतनामार्फत शङ्कास्पदलाई परीक्षणको दायरामा ल्याउने, नियमित औषधि खुवाउनेलगायतका काम संस्थाले गरिरहेको उहाँको भनाइ छ । कोरोना सङ्क्रमण शुरु भएलगत्तै औषधि प्रयोग गरिरहेकाहरुलाई सङ्गठित बनाएर अनुभव आदानप्रदान र उपचारमा सहयोग गरेर नमूना काम गरेको उहाँले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.