सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

घरदैलोमा अण्डा पु-याउँदै चितवनको किसान दाना उद्योग


  •    न्युजभित्तो/१० फाल्गुन २०७७, सोमबार २१:३१ 
  • चितवन, १० फागुन । यहाँको किसान दाना उद्योग प्रालिले सङ्कलन भएको अण्डा घरदैलोसम्म पु¥याउन थालेको छ । कृषकलाई दाना बिक्री गरेर अण्डा उठाउने उद्देश्यले स्थापना भएको सो उद्योगले देशका प्रमुख शहरमा घरदैलोसम्म नै अण्डा पु-याउन थालेको हो ।

    उद्योगका कार्यकारी निर्देशक विनोद पोख्रेलका अनुसार देशभर ३० भन्दाबढी बिक्री केन्द्रमार्फत घरदैलोका किराना पसलसम्म अण्डा पु¥याउने लक्ष्य लिइएको छ । हालसम्म पाँच बिक्री केन्द्रमार्फत अण्डा बिक्री गरिँदै आएको छ । सोही उद्योगकोसमेत लगानी रहेको नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका वडा नं ३ मा रहेको दाउन्ने एग्रो फार्ममा दैनिक ८०० पेटी अण्डा सङ्कलन हुने गर्दछ । यसैगरी उद्योगबाट दाना किन्ने किसानबाट दैनिक ९५० पेटी अण्डा सङ्कलन हुने गर्दछ ।

    सङ्कलन भएका अण्डा उपभोक्ताका घरदैलोमा पु¥याउने लक्ष्यका साथ काम अघि बढाएको उहाँले जानकारी दिनुभयो । उहाँले सोझै घरदैलोसम्म अण्डा पु¥याउँदा उपभोक्ताले सस्तोमा अण्डा पाउने बताउनुभयो । हाल उद्योगले सुर्खेतको सनिहिल लाइन, काठमाडौँको पेप्सीकोला, जोरपार्टी, नयाँ बजार र नक्सालमा बिक्री केन्द्र खोलेको छ । ती केन्द्रमार्फत घरदैलोमा अण्डा पु-याउने गरिन्छ । बाह्र वटा साना सवारी साधनले अण्डा ओसार्ने गरेको उहाँको भनाइ छ । छिट्टै इटहरी र वर्दिबासमा केन्द्र खोलिँदै छ ।

    उहाँले भन्नुभयो, “स्वच्छ, सफा र ताजा अण्डा सर्वसुलभ दररेटमा उपभोक्तासम्म पु¥याउने हाम्रो लक्ष्य हो ।” नेपालमा नै सबैभन्दा बढी अण्डा सङ्कलन गर्ने यस उद्योगले काठमाडौँसँगै नेपालगञ्ज, जनकपुर, सुर्खेत, धनगढी, इटहरी, बुटवल, नेपालगञ्ज जस्ता प्रमुख शहरमा अण्डा बिक्री गर्दै आएको छ ।

    उद्योगका निर्देशक द्रोणप्रसाद लामिछानेले किसानबाट पाँचौँ तह पार गरेर मात्र उपभोक्ताकामा अण्डा पुग्दै आएकामा अब सोझै उपभोक्तासम्म पु-याउने उद्देश्यका साथ काम थालिएको बताउनुभयो । उहाँका अनुसार घर नजिकैको पसलसम्म उद्योगले अण्डा पु¥याउनेछ ।

    यसैबीच आजमात्र सुुर्खेत जिल्लाको वीरेन्द्रनगरस्थित सनिहल लाइनमा पाँचौँ बिक्री केन्द्र शुभारम्भ गरिएको छ । सो केन्द्रको सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले शुभारम्भ गर्नुभएको हो ।

    सो अवसरमा उहाँले उपभोक्ता लाभान्वित हुने गरी चितवनबाट सुर्खेतसम्म आएकामा खुशी प्रकट गर्नुभएको निर्देशक लामिछानेले जानकारी दिनुभयो । उद्योगका संस्थापक सञ्चालक राजकुमार गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा सङ्घका महासचिव लक्ष्मण कँडेल, कोषाध्यक्ष भद्र भण्डारी, सदस्य भीमप्रसाद पौडेलको उपस्थिति रहेको थियो । कार्यक्रममा उद्योगका कार्यकारी निर्देशक पोख्रेलले बिक्री केन्द्र स्थापनाको उद्देश्यका बारेमा जानकारी गराउनुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    खलामा धान भर्दै स्थानीय सरकार
    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    • प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    • आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.