सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा बिना अनुमति औषधि ओसारपसार गर्ने पक्राउ


  •    न्युजभित्तो/१० फाल्गुन २०७७, सोमबार १२:३६ 
  • चितवन, १० फागुन । जिल्ला प्रहरी कार्यालय चितवनले बिना अनुमति औषधि ओसारपोसार गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ का ३० वर्षीय दिनेश तामाङ, २२ वर्षीय प्रदीप विश्वकर्मा र वडा नम्बर २ का १८ वर्षीय समीर तामाङ रहेका छन् ।

    प्रहरीले भरतपुर–३ मा कोठा गरी बस्ने दिनेश तामाङको कोठाबाट लागुऔषध बिक्री वितरण गरेको सूचनाको आधारमा उनीहरुलाई शुक्रबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । कार्यालयले जारी गरेको सूचनामा तामाङको कोठाबाट अनुमति बिना ल्याइएको ट्रामा एक हजार १६३ ट्याब्लेट, अनार्गन २५ लेखिएको ४३६ ट्याब्लेट, स्टागन ४४० ट्याब्लेट फेला परेको जनाइएको छ । यस्तै दिनेशको कोठामा रहेका समीरको साथबाट रु पाँच हजार ३२५ र मोबाइल एक थान बरामद भएको प्रहरीले जनाएको छ ।

    यस्तै प्रदीपको साथबाट रु एक लाख २९ हजार ८२२ बरामद गरिएको र उनको घरमा चेकजाँच गर्ने क्रममा ट्रामा आठ हजार ७८० ट्याब्लेट, स्टागन ८०० ट्याब्लेट र नगद रु ११ हजार बरामद गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जनालाई कारवाहीका लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्ज पठाइएको उहाँले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.