सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री ओली भोलि सुदूरपश्चिम प्रदेश जादै


  •    न्युजभित्तो/९ फाल्गुन २०७७, आईतवार १३:४४ 
  • कैलाली, ९ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओली भोलि सुदूरपश्चिम प्रदेश आउने भएका छन् । कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न उनी सोमबार आउने भएका हुन्।

    प्रधानमन्त्री ओली आउने तयारी पुरा भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए । प्रेस सङ्गठन नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टले औद्योगिक क्षेत्रको प्रधानमन्त्रीले सोमबार शिलान्यास गर्ने र त्यसको सबै तयारी पुरा भएको बताए ।

    पहिलो पटक प्रदेशमा निर्माण हुने औद्योगिक क्षेत्रको प्रदेशको मात्रै नभई मुलुकै व्यापार घाटा कम गर्न मद्दत गर्ने मन्त्री भट्टको भनाइ थियो । उनले सुदूरपश्चिम प्रदेशबाटै अब विकासको गति सुरु हुने समेत बताए ।

    ‘अहिले सम्म प्रदेशमा औद्योगिक क्षेत्र नहुँदा यहाँ निकै समस्या थियो,’ मन्त्री भट्टले भने ,‘अब प्रदेशको मात्रै होइन मुलुकको आर्थिक समृद्धिमा पनि असर पुग्छ । व्यापार घाटा कम हुन्छ ।’

    ९ अर्ब लगानीमा ५ वर्ष भित्र औद्योगिक क्षेत्र निर्माण सम्पन्न हुने समेत उनले जानकारी दिए । यस अघि २५ पुसमा नेकपाका ओली समूहले आयोजना गरेको आम सभामा सहभागी हुन प्रधानमन्त्री ओली सुदूरपश्चिम आएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.