सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छ ग्राम ५९० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित १९ वर्षीय युवक पक्राउ


  •    न्युजभित्तो/७ फाल्गुन २०७७, शुक्रबार १०:५७ 
  • कर्णाली, ७ फागुन  ।  भेरीगङ्गा नगरपालिका–५ सुर्खेत कालीदमारबाट छ ग्राम ५९० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ ।

    कर्णाली प्रदेश प्रहरी तथा लागुऔषध ब्यूरो र इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतको संयुक्त टोलीले बिहीबार बेलुकी ५ः०० बजे सुर्खेत–नेपालगञ्ज सडकखण्डको नेपालगञ्जबाट जहरेसम्म जाँदै गरेको बा४ख १९६१ नम्बरको यात्रुवाहक हाइस रोकी जाँच गर्ने क्रममा सोही गाडीमा सवार वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका १९ वर्षीय गणेश थापालाई पक्राउ गरेको हो । जाँचका क्रममा थापाको ज्याकेटको बाँयापट्टिको खल्तीमा तीनवटा प्लाष्टिकको पोका बनाई लुकाइछिपाई राखेको तीन ग्राम ४७० मिलीग्राम र तीन ग्राम १२० मिलीग्राम धुलो पदार्थ गरी छ ग्राम ५९० मिलीग्राम लागुऔषध ब्राउन सुगर फेला पारिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

    सहप्रवक्ता श्रेष्ठका अनुसार पक्राउ परेका युवकको साथबाट लागुऔषध नाइट्राभेट ट्याब्लेट तीन पत्ताभित्र २९ ट्याब्लेट, प्रोक्सिवेल स्पास नामक तीन पत्ताभित्र २४ ट्याब्लेट, प्रोक्सिवोन प्लस ट्याब्लेट एक पत्ताभित्र १६ ट्याब्लेट, नेपाली रु एक हजार ५०५ र एक थान भिभो कम्पनीको मोबाइल बरामद गरी कारवाहीका लागि उनको आवश्यक अनुसन्धान भइरहेको छ । प्रतिबन्धित लागुऔषधसहित दुई पक्राउ कञ्चनपुर– प्रतिबन्धित लागुऔषधसहित प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट दुई जनालाई बिहीबार साँझ पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा नगरपालिकाको वडा नं १८ का ३९ वर्षीय हेमन्त पाठक र सोही नगरपालिका–३ का ४१ वर्षीय जीवन शर्मा रहेका छन् । गोप्य सूचनाका आधारमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका हेमन्तबाट ६०० मिलीग्राम र जीवनबाट १०० मिलीग्राम लागुऔषध खैरो हिरोइन बरामद भएको छ । दुवै जनालाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.