सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लघुजलविद्युत् आयोजना मर्मत नहुँदा पर्वतका ग्रामीण क्षेत्रमा उत्पादन हुने १५६ किलोवाट जलविद्युत् प्रयोगविहीन


  •    न्युजभित्तो/६ फाल्गुन २०७७, बिहीबार १२:५७ 
  • पर्वत, ६ फागुन । लघुजलविद्युत् आयोजना मर्मत नहुँदा पर्वतका ग्रामीण क्षेत्रमा उत्पादन हुने १५६ किलोवाट जलविद्युत् प्रयोगविहीन बनेको छ । जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा सञ्चालित झण्डै दर्जनको सङ्ख्यामा रहेका लघुजलविद्युतबाट सो विद्युत् उत्पादनको क्षमता रहेको छ। कुनै समय जिल्लाका दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने ध्ययले जलविद्युत उत्पादनमा लगानी गरिएको थियो ।

    लाखौँ रकम लगानी गरेर सञ्चालित लघुजलविद्युत् आयोजना अहिले अलपत्र बनेका छन् । सामान्य लगानीमा मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने भए पनि स्थानीय तहको बेवास्ताका कारण आयोजना अलपत्र बनेका हुन् । विगत दुई दशक अघिदेखि युएनडिपी, विश्व बैंक र सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजना अहिले पूर्णरुपमा बन्द छन् । तीन वर्ष अघिसम्म तीनवटा मात्र आयोजना सञ्चालनमा रहेको भए पनि अहिले केन्द्रीय प्रशारण लाइनको पहुँच विस्तार भएसँगै ती पनि बन्द भएका हुन् । पछिल्ला केही वर्षयता सामुदायिक विद्युतीकरणमार्फत पर्वतका सबै स्थानीय तहका सबै वडामा केन्द्रीय प्रशारण लाइनको पहुँच विस्तार भएको हो । दक्षिण पर्वतको पैँंयु गाउँपालिकामा सञ्चालित सरौखोलामा रहेको १२ किलोवाट क्षमताको अगुवाखोला, फलेवास नगरपालिका–११ पाङराङको साढे ७ किलोवाट क्षमताको गढिसिँद्ध र विहादी गाउँपालिका–१ को ११ किलोवाटको बाच्छाखोला, पैंँयु गाउँपालिका–४ हुवासमा रहेको १२ किलोवाट क्षमताको गेडीखोला, वडा नं ७ भोर्लेमा रहेको १६ किलोवाट क्षमताको धुवाकोट, मोदी–४ क्याङमा सञ्चालित १६ किलोवाट क्षमताको घट्टेखोला लघुजलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गर्न छाडिएको हो । त्यस्तै विहादीकै बाच्छाखोलामा रहेका १९ र २१ किलोवाटको बाच्छाखोला लघुजलविद्युत् आयोजनामा पनि उत्पादन गर्न छाडेका छन् । पर्वतको मोदी गाउँपालिका–१ भुकताङलेमा रहेको २७ किलोवाट क्षमताको ठाडोखोला लघुजलविद्युत आयोजना पनि तीन वर्षअघि आएको पहिरोले पुरिएपछि अलपत्र बनेको छ ।

    महाशिला गाउँपालिका–२ भोक्सिङको ६ किलोवाट क्षमताको छहरेखोला र ९ किलोवाट क्षमताको छर्छरेखोला लघुजलविद्युत् आयोजना पनि दुई वर्षअघि गाउँमा केन्द्रीय प्रशारणलाइन विस्तार भएपछि त्यत्तिकै थन्किएका छन् । मर्मतको अभाव र कम क्षमता हुने भए पनि स्थानीयवासीले मर्मतमा पनि बेवास्ता गरेका हुन् । तत्कालीन जिल्ला विकास समिति ऊर्जा शाखाका प्रमुख मञ्जु शिलाकारका अनुसार मर्मतका लागि बजेटसमेत अभाव भएको र मर्मत गरेपछि पनि लामो समयसम्म काम गर्न छाडेपछि स्थानीयवासीले मर्मतमा बेवास्ता गरेका हुन् । स्थानीय तहले मर्मत गरेर बिजुली प्रयोगमा ल्याउने हो भने धेरै फाइदा हुने उहाँको भनाइ छ । उहाँले गाउँमा उत्पादन गरिएको बिजुली सस्तो भए पनि केन्द्रीयलाइन आएपछि उपभोक्ताबाटै यसप्रति बेवास्ता हुँदै गएको बताउनुभयो । पछिल्लो समय स्थानीय तहले पनि उक्त लघुविद्युत मर्मतका लागि बजेट विनियोजन गरेका छैनन् । स्थानीयवासीको सक्रियता कम हुँदा केन्द्रीय लाइनसँगै गाउँमा सञ्चालित आयोजना बन्द हँुदै गएको बाच्छाका भीमबहादुर खड्काले बताउनुभयो । जिल्लाका ११ लघुजलविद्युत् आयोजनाबाट १५६ दशमलव पाँच किलोवाट विद्युत् उत्पादन भएको थियो । यसबाट दुई हजार चार सय तीन घरधुरीका २० हजार भन्दा बढी बासिन्दा लाभान्वित भएका थिए । युएनडिपी, विश्व बैंक र सरकारको लगानीमा २०५५ सालदेखि सञ्चालनमा रहेका यी आयोजना अहिले भग्वानशेष बनेका छन् । ती आयोजनाको लागि रु दुई करोड २५ लाख खर्चिए तापनि केन्द्रीय प्रसारण, उपभोक्ताको बेवास्ता र मर्मत अभावले लोप हुने अवस्थामा पुगेका हुन् । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.