सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर अस्पतालमा मेसु फेरिरहँदा काम प्रभावित, सात महिनामा तीन मेसु


  •    न्युजभित्तो/५ फाल्गुन २०७७, बुधबार २१:२४ 
  • नारायण अधिकारी
    चितवन,। ५ फागुन । राजधानी बाहिरको ठूलो भरतपुर अस्पतालमा छोटो समयमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) परिवर्तन भइरहँदा काम कारवाही प्रभावित भएका छन् । गत भदौयता अस्पतालमा तीन मेसु परिवर्तन भइसकेका छन् ।

    अस्पतालबाट विसं २०७७ भदौ २८ गते डा श्रीराम तिवारी सरुवा भएसँगै डा राजन पाण्डे प्रमुख मेसु भएर आउनुभएको थियो । मङ्सिर ८ गते उहाँले राजिनामा दिनुभयो । अस्पतालका प्रवक्ता डा युवानिधि बसौलाका अनुसार मङ्सिर ९ गते डा जगन्नाथ तिवारीलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको थियो । तीन महिना नपुग्दै डा वासुदेव पाण्डेलाई मेसुको जिम्मेवारी दिइएको छ ।

    बसौलाका अनुसार उहाँले आजदेखि कार्यभार सम्हाल्नुभएको छ । आगामी वैशाख ५ गते उमेर हदका कारण उहाँको अनिवार्य अवकाश हुने बताइएको छ । त्यसपश्चात् पुनःअर्को मेसु बनाउनुपर्ने हुन्छ । डा तिवारी एक वर्ष तीन महिना काम गरेर सरुवा हुनुभएको थियो । त्यसअघि पनि अस्पतालमा डा विश्वबन्धु बगालेले ४५ दिन, डा रवीन खड्काले चार महिना र डा कृष्ण पौडेलले आठ महिना मेसुको जिम्मेवारी बहन गर्नुभएको अस्पतालले जनाएको छ ।

    पौडेल अगाडि डा रुद्र मरासिनीले भने २८ महिना प्रमुख मेडिकल सुपरिटेन्डेन्टका रुपमा रहेर काम गर्नुभएको थियो । तत्कालीन समयमा अस्पताल विकास समितिको अध्यक्ष रहनुभएका हाल वाग्मती प्रदेशसभा सदस्य विजय सुवेदी प्रमुखको स्थायित्व नहुँदा संस्थाले प्रभावकारीरुपमा काम गर्न नसक्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कम्तीमा दुई वर्ष काम गर्न नपाए योजना बनाएर कार्यान्वयन गर्न सकिन्न ।” यसले गर्दा अस्पतालले गर्नुपर्ने जति विकास गर्न नसक्ने उहाँको भनाइ छ । आफूले सम्बन्धित मन्त्रालयमा सुझाव दिएको सुवेदीले जानकारी दिनुभयो ।

    दिगोरुपमा काम गर्ने वातावरण नहुँदा जिम्मेवारी पाएकाको आत्मबल उच्च बनाउन नसकिने उहाँको बुझाइ छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी छोटो समयमा मेसु परिवर्तन हुँदा समितिले गरेका निर्णय कार्यान्वयन हुन नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामी निर्णय गर्छौं तर कार्यान्वयन हुन सकेको छैन ।” नयाँ आउने प्रमुखको बुझ्न नपाउँदै सरुवा हुँदा अस्पतालका धेरै काम रोकिएको उहाँको भनाइ छ ।

    अस्पतालभित्र भौतिक संरचना निर्माण र अन्य नियमित कामसमेत प्रमुख परिवर्तन हुँदा प्रभावित हुने गरेको छ । अधिकारीको भनाइमा चिकित्सक, कर्मचारीले गर्ने काम पनि प्रमुख परिवर्तन भइरहँदा प्रभावित हुने गर्दछ । यो अस्पताल दुई वर्षअघि सङ्घीय अस्पताल बनेको हो ।

    छ सय श्यया रहेको यस अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामीले प्रत्यक्षरुपमा सेवा लिने गरेका छन् । सडक सञ्जालले जोडिएका कारण दुर्घटनाका घाइतेदेखि विभिन्न खालका रोगका बिरामीको उपचारको गन्तव्य यस अस्पतालमा हुने गरेको छ । प्रसूतिलगायतका सेवामा देशकै उत्कृष्ट मानिने यस अस्पतालले कोभिड उपचारको यस क्षेत्रको नेतृत्वसमेत गरेको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.