सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा चितवनको जिम्मेवारी हेरफेर : अध्यक्षमा पार्वती रावल, सचिवमा प्रकाश खनाल ‘शैलेस’


  •    न्युजभित्तो/५ फाल्गुन २०७७, बुधबार १९:१४ 
  • चितवन, ५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनको अध्यक्षमा पार्वती रावल चयन हुनु भएको छ । नेकपा चितवनको आज भरतपुरमा बसेको बैठकले यस अगाडीका अध्यक्ष र सचिबलाई जिम्मेवारी मुक्त गरी रावललाई अध्यक्ष र प्रकाश खनाल ‘शैलेस’ लाई सचिवमा चयन गरेको हो ।

    नेकपा प्रदेश कमिटी अध्यक्ष आनन्द पोख्रेल तथा प्रदेश सहइन्चार्ज काशीनाथ अधिकारी सहितको उपस्थितिमा भएको सो बैठकले जिम्मेवारी प्रदान गरेको हो । नेकपाका केन्द्रीय सदस्य हरि सापकोटालाई पार्टीको चितवन जिल्ला इन्चार्जको जिम्मेवारी दिन प्रदेस कमिटीको बैठकले सिफारिस गरेको जानकारी बैठकमा दिईएको थियो ।

    रावल तत्कालीन नेकपा (एमाले) को जिल्ला सचिव एवम् राष्ट्रिय सभा सदस्य हुनुहुन्छ । उहाँ राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति समेत हुनुहुन्छ । सचिव खनाल रामबहादुर थापा बादल समूहका हुनुहुन्छ ।

    बैठकले १० औं जिल्ला अधिवेशन गराउन ५०१ सदस्यीय आयोजक कमिटी गठन गरेको छ । कमिटीका सबै सदस्यहरूको सपथ ग्रहण फागुन १० गते राखिएको छ । बैठकले नीति, सिद्धान्त, आर्दश र पार्टी एकता विरोधी गतिविधिमा संलग्न भएको आरोप लगाउँदै नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेललाई जिम्मेवारीबाट हटाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.