सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खैरहनीका विद्यार्थीले बनाए गुरु पशुपतिलाल कर्णका लागि घर


  •    न्युजभित्तो/५ फाल्गुन २०७७, बुधबार १२:३६ 
  • चितवन, ५ फागुन । चितवन खैरहनीनगरपालिका–१ स्थित कङ्काली माविका पूर्वविद्यार्थीले आफूहरुलाई शिक्षा दिने शिक्षक (गुरु) पशुपतिलाल कर्णलाई घर निर्माण गरेका छन् । घर बनाउन कङ्काली मावि पूर्वविद्यार्थी समाजले अभियान नै सञ्चालन गरेर सहकर्मीहरुसँग रकम सङ्कलन गरेको थियो । स्वतस्फूर्तरुपमा पूर्वविद्यार्थीले रकम सहयोग गरेका थिए । सोही विद्यालयमा लामो समयसम्म अध्यापन गराएका शिक्षक कर्णका लागि विद्यार्थीले ‘गुरु आवास’नाम दिएर सुविधायुक्त घर निर्माण गरेको पूर्वविद्यार्थी समाजका अध्यक्ष अर्जुन लम्सालले बताउनुभयो ।

    घर निर्माणमा झण्डै रु २४ लाख खर्च भएको छ । चार लाख जिन्सीसहित रु २४ लाखमा घर निर्माण गरिएको अध्यक्ष लम्सालले बताउनुभयो । घरमा फर्निचरदेखि ‘वासिङ मेशिन’सम्म व्यवस्था गरिएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण घर हस्तान्तरणमा ढिलाइ भए पनि सरस्वतीपूजाका अवसर पारेर उपहार प्रदान गरिएको अध्यक्ष लम्सालले बताउनुभयो । शिक्षक कर्णको यहाँ आफ्नै घर छैन । कङ्काली माविअगाडि शिक्षक आफँैले थोरै जग्गा खरीद गरे पनि घर निर्माण गर्न सक्नुभएको थिएन ।

    सो घर मङ्गलबार सरस्वतीपूजाका अवसर पारेर हस्तान्तरण गरिएको छ । नेपाली सिने क्षेत्रका महानायक राजेश हमालको प्रमुख आतिथ्यतामा एक समारोहबीच सो घर शिक्षक कर्णलाई हस्तान्तरण गरिएको थियो ।

    सो अवसरमा महानायक हमालले विद्यार्थीहरुले नमूना काम गरेको भन्दै प्रशंसा गर्नुभयो । “शिक्षकप्रति पूर्वविद्यार्थीले देखाएको माया उत्कृष्ट छ”, महानायक हमालले भन्नुभयो । शिक्षक कर्णले नयाँ घर पाउँदा खुशीको सीमा नरहेको प्रतिक्रिया दिनुभयो । घर प्राप्त गरेपछि शिक्षक कर्णले खुशी व्यक्त गर्दै भन्नुभयो, “विद्यार्थीको यो कामको उच्च सम्मान गर्छु ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.