सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ट्रकको ठक्करबाट हरिण म-यो


  •    न्युजभित्तो/५ फाल्गुन २०७७, बुधबार ११:०३ 
  • चितवन, ५ फागुन । रत्ननगरमा ट्रकको ठक्करबाट हरिण मरेको छ । रत्ननगर नगरपालिका वडा नं. ९ सिंचाईगोट अगाडि पूर्वपश्चिम राजमार्गमा आज बुधबार बिहान ट्रकले ठक्कर दिंदा हरिण मरेको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी सूर्य थापाका अनुसार बिहान अन्दाजी ४ः३५ बजेको समयमा उक्त घटना भएको हो । रौतहटबाट नुवाकोट जान आउँदै गरेको ना ६ ख १४६० नम्बरको ट्रकले हरिणलाई ठक्कर दिंदा घटनास्थलमै हरिणको मृत्यु भएको उहाँले न्यूजभित्तोलाई जानकारी दिनुभयो ।

    घटनापछि फरार रहेका चालक र ट्रकलाई प्रहरीले भरतपुर १ रामनगरबाट पक्राउ गरेको छ । नवलपरासीको देवचुली नगरपालिका वडा नं. १ बस्ने २४ वर्षिय अनिल कुमाललाई बिहान ६ः४५ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चालक र ट्रकलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय चितवन पठाईएको थापाले न्यूजभित्तोलाई जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.