सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश नं २ का मुख्यमन्त्री राउतद्वारा सरस्वती पूजाका अवसरमा देश र विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त


  •    न्युजभित्तो/४ फाल्गुन २०७७, मंगलवार ११:५६ 
  • जनकपुर,४ फागुन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सरस्वती पूजाका अवसरमा देश र विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । वसन्त पञ्चमीको अवसरमा वैदिककालदेखि ज्ञानको ज्योतिको रुपमा सरस्वती पूजा गरी मनाइँदै आएको उल्लेख गर्दै उहाँले स्रष्टा, सर्जक तथा अध्येताहरुलाई आ–आफ्ना विद्यामा सरस्वती माताले थप ऊर्जा प्रदान गरून् भन्ने कामनासमेत गर्नुभएको छ ।

    उहाँले विज्ञप्तिमा विद्याको क्षेत्रमा पछाडि परेका वर्ग र समुदायलाई शिक्षा ग्रहण गर्न सरस्वतीले प्रेरित गरून् भन्ने कामनासमेत गर्नुभएको छ । वसन्तपञ्चमी उत्साहका मनाइँदै वसन्त ऋतुको आगमनका साथ विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको आज बिहानैदेखि पूजापाठ भइरहेको छ । ज्ञान, बुद्धि र विवेकका लागि श्रद्धाका साथ जनकपुरधामलगायत विभिन्न ठाउँका घर–घरमा विद्यार्थी, कलमजीवीहरुले ज्ञान, बुद्धि र विवेकका लागि विद्याकीदेवी सरस्वतीको अपार श्रद्धाका साथ पूजापाठ गरिरहेका छन् । धार्मिक एवं सांस्कृतिक पर्व रुपमा मनाइने वसन्तपञ्चमीमा सरस्वती मन्दिरका साथै विभिन्न टोलमा माटोको कलात्मकमूर्तिमा आज विधिवत् रुपमा प्राण प्रतिष्ठा गरी उत्साह एवं उल्लासमय वातावरणमा पूजापाठ गरिरहेका छन् । विद्यार्थीहरुले बिहानै स्नान गरी आ–आफ्ना घरमा पुस्तक र कलमको अनिवार्य रुपमा पूजा गर्ने गर्छन् ।

    सो अवसरमा बुनिया, बयर र शखरखण्ड र सुन्तला अनिवार्य रुपमा प्रसादको रुपमा चढाउने गरिन्छ । हिन्दूको धार्मिकग्रन्थ पुराणमा उल्लेख गरिएनुसार, माघ शुक्लपञ्चमी तिथिका दिन ब्रह्माले सृष्टिमा देवीसरस्वतीलाई आह्वान गरेपछि सरस्वती अवतरित हुनुभएको विश्वास गरिन्छ । सोही कारणले आजका दिन विद्यार्थी, कर्मचारीका साथै कलमजीवीहरु यो पर्वलाई उत्सवको रुपमा मनाउने गर्छन् । आजका दिन ज्ञान बुद्धि र उन्नतिका लागि बालवालिकालाई अक्षराम्भको शुभारम्भ पनि गरिन्छ । शिशुको अन्नप्रासनसमेत विधिपूर्वक गराइन्छ । आजका दिनमा विवाह, नयाँ भवनमा बासलगायतका शुभ कार्यका लागि साइत हेर्नु नपर्ने मान्यता रहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.