सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लक्की मिडियाको वार्षिकोत्सवमा दुई पत्रकार सहित दर्जन बढी सम्मानित


  •    न्युजभित्तो/३ फाल्गुन २०७७, सोमबार २२:५४ 
  • चितवन, ३ फागुन । लक्की मिडिया हाउस चितवको पांँचौ बार्षिकोत्सवको अवसरमा जिल्लाका दुई पत्रकार सम्मानित हुनु भएको छ । प्रेस युनियन, चितवनका उपाध्यक्ष सूर्य अधिकारीलाई स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यम मार्फत समाज रुपान्तरण र विकासमा कलम चलाएको र दुईदशकदेखि चितवनमा रहेर रेडियो पत्रकारिता मार्फत भूमिका खेल्ने दिनेश श्रेष्ठ पासा’लाई सम्मानित गरिएको हो ।

    भरतपुरमा आज सोमबार आयोजित कार्यक्रममा पत्रकारद्धय अधिकारी र श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांँग्रेसका केन्द्रीय सदस्य गगन थापा, विशिष्ट अतिथि वरिष्ठ कलाकार नीर शाह र लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की लक्कीले सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

    सो अवसरमा चिकित्सक, शिक्षाकर्मी, व्यवसायी , समाजसेवी र खेलाडीहरु पनि सम्मानित हुनु भएको छ । चिकित्सा विधा अन्तर्गत भरतपुर अस्पतालका मेडिसिन विभाग प्रमुख एवम् नेपाल चिकित्सक संघ चितवन शाखाका निवर्तमान अध्यक्ष डाक्टर प्रकाश खतिवडा, पुरानो मेडिकल कलेजका वरिष्ठ युरोलोजिष्ट डाक्टर सुदिपराज केसी र भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर ओमकृष्ण पाठक रहनु भएको छ । शिक्षाकर्मी सम्मान अन्र्तगत ग्रीनल्याण्ड स्कुलकी प्राचार्य एवं मेट्रो प्याव्सनका उपाध्यक्ष इन्दिरा कार्की , लिटिल फ्लावर स्कुल, नारायणगढका प्राचार्य फादर रोवी र अर्किड स्कुल, भरतपुरका सह प्राचार्य ओमराज मैनालीलाई सम्मानित हुनु भएको छ ।

    यस्तै बार्षिकोत्सव अवसरमा सम्मानित हुनेहरुमा नेपाली सिने क्षेत्रकी नायिका आंँचल शर्मा र अभिनेता विपिन कार्की रहनु भएको छ । खेल विधा अन्तर्गत नवलपुर र चितवनका गरी तीन खेलाडी सम्मानित हुनु भएको छ । नवलपरासी–वर्दघाट सुस्तापूर्व जिल्ला फुटवलका संघका महासचिव लक्ष्मण कार्की, एएफसी फुटवल संघका प्रशिक्षक कृष्ण कार्की र ए डिभिजनका फुटबल खेलाडी प्रदिप भण्डारीलाई सम्मान गरिएको छ ।

    मिडिया हाउसले चितवनका व्यवसायी क्षेत्रका व्यत्तित्वलाई समेत सम्मान गरेको छ । सुजन प्लानिङ्ग एण्ड कन्ट्रक्सन प्रालि का अध्यक्ष युवा व्यवसायी सुजन ओझा, सफल सर्जिकल हाउसका सञ्चालक अर्जुन रानाभाट र लेक ट्वान्टी थाउजेण्ड एण्ड रिटिट्रका प्रबन्धक राजेश शर्मा आचार्य सम्मानित हुनु भएको छ ।

    सो अवसरमा देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष एवं समाजसेवी टंकनाथ पौडेललाई समेत सम्मान गरियो । यस्तै मिडिया हाउसले उत्कृष्ट कार्य गरेको भन्दै मिडिया हाउसकी बजार प्रमुख विमला पौडेल बस्नेतलाई समेत नगदसहित पुरस्कृत गरेको छ ।

    कार्यक्रममा नेपाली कांँग्रेस, चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारी, काँग्रेसका युवा नेता राजकुमार राजभण्डारी ,नेपाल चलचित्र कलाकार संघका महासचिव आदरणीय चेतबहादुर सिंह ‘राजा’ लगायत उद्योगी व्यवसायी, नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । सो अवसरमा साहित्यकार झमक घिमिरेद्धारा लिखित नेपाली कथानक चलचित्र ‘जीवन काँडा की फूल’ प्रर्दशन गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.