सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किसान महासंघ चितवनको वृहत भेला फागुन २० मा हुने


  •    न्युजभित्तो/२ फाल्गुन २०७७, आईतवार २०:०५ 
  • चितवन, २ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको निकट अखिल नेपाल किसान महासंघ चितवनको वृहत भेला फागुन २० गते हुने भएको छ । भरतपुरमा हुने भेलामा महासंघको जिल्ला कमिटि, स्थानीय निकाय कमिटि, निर्वाचन क्षेत्र कमिटी गठनको घोषणा गरिने भएको हो ।

    आज आइतवार भरतपुरमा महासंघ आवद्ध अगुवा कार्यकर्ताको भेलाले स्थानीय तह तथा निर्वाचन क्षेत्रमा कमिटि गठन तथा २० फागुनको कार्यक्रमलाई भब्य बनाउन संयोजक तथा सहसंयोजकहरु तोकेको नेकपा चितवनका मोर्चा विभाग संयोजक पुरुषोत्तम न्यौपानले जानकारी दिनुभयो । वृहत भेलाको उद्घाटन महासंघका केन्द्रीय संयोजक डा. प्रेम दंगालले गर्नुहुनेछ ।

    न्यौपानेका अनुसार महासंघ आवद्ध २४ घटक मध्ये चितवनमा १५ वटा घटक संघको पनि गठन सोही दिन घोषणा गरिने छ । अगुवा कार्यकर्ता भेलाले १५ फागुन भित्र सबै पालिका, प्रदेश निर्वाचन क्षेत्र तथा निर्वाचन क्षेत्रमा कमिटि गठन गरिसक्न भनेको संयोजक न्यौपानले जानकारी दिनुभयो । “हामीले फागुन १५ गते भित्र सबै कमिटि गठन गरिसक्छौं, त्यसको घोषणा वृहत किसान महासंघको भेलाबाट २० गते हुन्छ” न्यौपानले भने “आइतवारको अगुवा कार्यकर्ता भेला पनि निकै उत्साहप्रद रुपमा भयो ।”

    नेकपा बागमती प्रदेश कमिटिका सहइन्चार्ज काशिनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको अगुवा कार्यकर्ता भेलामा केन्द्रीय सदस्यहरु हरि सापकोटा, पुरुषोत्तम न्यौपाने, दुर्गादत्त पौडेल, नारायण अधिकारी, सुनिता अधिकारी, भरतपुर महानगर अध्यक्ष रामप्रसाद न्यौपाने, जिल्ला कमिटी सदस्य हरिप्रसाद पौडेल, भूमि आयोग चितवनका अध्यक्ष यादव पाठक, सदस्य शान्तराज आचार्यको सहभागीता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    खलामा धान भर्दै स्थानीय सरकार
    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    • प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    • आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.