चितवन, १ फागुन । गीतानगर जुनियर जेसिजले आज लोम अफिसर तालिम सम्पन्न गरेको छ।
गीतानगर जेसिज बर्ष २०२१का अध्यक्ष जेसी अर्जुन पौडेलको प्रमुख आतिथ्यतामा भएको सो तालिमको सुदिप सुवेदी कार्यक्रम संयोजक रहनु भएको थियोे।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी पौडेलले यस्ता तालिमहरु जेसीजका सबै पदाधिकारीहरुलाई चाहिने र विभिन्न नयाँ र थप कुराहरु जान्न पाइने बताउदै जेसीजको विधि र बिधान अनुरुप लाग्न सम्पुर्ण जुनियर जेसीजहरुलाई आग्रह गर्दै जुनियर जेसीजको लागि आफ्नो साथ र सहयोग सदा रहने समेत बताउनुभयो।
उक्त तालिममा गीतानगर जेसीज बर्ष २०२१ का तालिम आयुक्त विकास सापकोटा प्रमुख प्रशिज्ञक रहनु भएको थियो भने उक्त तालिममा ३० जनाले तालिम लिएका थिए।
जुनियर जेसीज बर्ष २०२१ का संयोजक प्रनिशा गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको सो तालिम गीतानगर जुनियर जेसीज बर्ष २०२१ का अध्यक्ष बिन्दु कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो।