सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिनर्जीमा ‘विपतमा रेडियोको भूमिका’ विषयक अन्तक्र्रिया


  •    न्युजभित्तो/१ फाल्गुन २०७७, शनिबार २०:३७ 
  • चितवन फागुन ,१ । दशौँ विश्व रेडियो दिवसका अवसरमा सिनर्जी एफ एमले विपद्मा रेडियोको भूमिका विषयक बहस कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न तीन सत्रमा सञ्चालित कार्यक्रममा रेडियोको इतिहास, विपद्को समयमा रेडियोका चुनौति, गुणस्तरीय कार्यक्रम उत्पादन, लगायतका विषयमा छलफल गरिएको थियो ।

    कार्यक्रमको पहिलो सत्रमा सिनर्जी एफएमका प्रोग्राम म्यानेजर मनोज घिमिरे, क्रियाशील महिला पत्रकार चितवनकी पूर्व अध्यक्ष शान्ता अधिकारी र हाम्रो एफएमका कार्यक्रम प्रस्तोता दीनेश पाशा श्रेष्ठसँग पत्रकार पूजा परियारले बहस सञ्चालन गर्नुभएको थियो । दोस्रो सत्रमा देवघाट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर थापा मगर, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा र विजय सामुदायिक एफएफका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले आफ्ना विचारहरू राख्नुभयको थियो ।

    तेस्रो तथा अन्तिम सत्रमा भने चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, जिल्ला समन्वय समिति चितवनका अध्यक्ष कृष्ण कुमार डल्लाकोटी तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी अध्यक्ष एवं सिनर्जी एफएमका प्रबन्ध निर्देशक सहन लाल प्रधानले बोल्नुभएको थियो । दोस्रो सत्रमा सिनर्जी एफएमका प्रोग्राम कोअर्डिनेटर रवीन सुवेदी तथा अन्तिम सत्रमा एफएमका स्टेशन म्यानेजर रामकान्त पौडेलले बहस सञ्चालन गर्नुभएको हो ।

    बहसका क्रममा पत्रकार विपत्को समयमा रेडियोको भूमिका प्रभावकारि रहेको उल्लेख गर्दै रेडियो लगायतका सञ्चार माध्यमहरुलाई राज्यका तर्फबाट उचित सम्बोधन हुन नसकेको गुनासो गरिएको थियो । रेडियोलाई समय सापेक्ष प्रविधिमैत्री बनाउनु पर्नेमा सहभागीले जोड दिएका थिए ।

    बहस कार्यक्रममा चितवन र नवलपुर जिल्लाका पत्रकारहरूको उपस्थिति रहेको थियो । संयुक्त राष्ट्रसंघको वर्ष २०१२ को सभाले फेब्रअरी १३ तारिखलाई विश्व रेडियो दिवसको रूपमा मनाउने घोषण गरेको थियो । त्यस समयदेखि नै विविध कार्यक्रमको आयोजना गरी रेडियो दिवस मनाउने गरिएको छ । सन् १९२० मा अमेरिकामा केडिकेए रेडियोको स्थापना भएपछि व्यवसायिक रेडियो प्रसारणको थालनी भएको थियो । नेपाल भने वि.सं २००७ सालमा रेडियो नेपालको स्थापना भएपछि मात्रै रेडियोको युगमा प्रवेश गरेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.