सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ताल संरक्षणका लागि मन्त्रालयसँग साझेदारी


  •    न्युजभित्तो/३० माघ २०७७, शुक्रबार १०:५२ 
  • नवलपुर, ३० माघ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित टरुवा तालको संरक्षण र यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न रु सात करोडको लागतमा कार्यक्रम गरिने भएको छ ।

    कावासोती नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा टरुवा तालको संरक्षणसँगै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न लागिएको हो । पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत रु सात करोड बराबरको काम गर्न लागिएको कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताउनुभयो । ताल अहिले झारले ढाकेर जीर्ण बनेको छ ।

    कावासोती–७ र ८ अन्तर्गत टरुवा ताल तथा सिद्धेश्वर क्षेत्र समेटेर पर्यटकीय विकासका कार्यक्रम गरिने छ । नगरपालिकाकै मत्वपूर्ण पर्यटकीय क्षेत्रको सम्भावनाका रूपमा रहेको टरुवा तालसहितको क्षेत्र आवश्यक पूर्वाधारको अभावमा ओझेल पर्दै आएको थियो । यस क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा अब काम अगाडि बढ्ने नगरप्रमुख पुनले बताउनुभयो । नगरपालिकाको हरेक क्षेत्रको विकासमा आफूहरु नगरस्तरबाट लागेको बताउँदै प्रदेश र सङ्घसँग समेत साझेदारीमा यहाँको विकासका लागि काम अगाडि बढाइरहेको उहाँले बताउनुभयो । “हामी नगरका हरेक क्षेत्र समेटेर विकासका कामलाई अगाडि बढाइरहेका छौँ, पर्यटकीय क्षेत्रको विकासमा मन्त्रलायसँग समेत साझेदारीमा काम गर्न लागेका छौँ”, नगरप्रमुख पुनले भन्नुभयो, “आवश्यकताअनुसार प्रदेश र सङ्घसँग समन्वय गर्दै अघि बढ्नेछौँ ।” पर्यटकीय क्षेत्रको विकासका लागि मन्त्रलायसँगको साझेदारीमा काम अघि बढन् लाग्नु खुशीको कुरा भएको नगरप्रमुख पुनले बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार साझेदारीमा काम गर्न लागिएका देशभरका २०० योजनाको सूची सार्वजनिक गरेको छ ।

    टरुवा तालसहितको क्षेत्रको पर्यटकीय पूर्वाधार विकासका लागि यति धेरै बजेट विनियोजन भएको हो । पहिलोपटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच यति धेरै बजेट साझेदारीमा कार्यक्रम गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले बताउनुभयो । कावासोती नगरपालिका पर्यटकीय गन्तव्यको प्रबल सम्भावना भएको क्षेत्र भएकाले यसको थप विकासका लागि साझेदारीमा टरुवा क्षेत्रमा काम गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत पुरीले बताउनुभयो ।

    टरुवा ताल क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने नगरको पहिल्यैकै योजना रहेको र सोहीअनुसार गुरुयोजनासमेत तयार गरिसकिएकाले अब ठेक्का प्रक्रियामार्फत तत्काल काम अगाडि बढाइने नगरपालिकाका आर्किटेक्ट इञ्जिनीयर पवन रुपाखेतीले बताउनुभयो । उहाँले पर्यटन पूर्वाधार विकासका काम सम्पन्न गरेसँगै टरुवा ताल नगरकै गहनाका रूपमा विकास हुने बताउनुभयो ।

    मन्त्रालय र नगरपालिकाबीच साझेदारीमा पर्यटन पूर्वाधार विकासमा क्रमागत योजनाका रूपमा कार्यक्रम अगाडि बढ्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका योजना शाखाका शाखा अधिकृत होमनाथ काफ्लेले बताउनुभयो । उहाँका अनुसार तीन वर्षसम्ममा साझेदारीमा काम सक्ने गरी कार्यक्रम अगाडि बढ्नेछ । मन्त्रालयको रु चार करोड ५५ लाख र कावासोती नगरपालिकाको रु दुई करोड ४५ लाख लागत साझेदारीमा काम अगाडि बढ्ने शाखा अधिकृत काफ्लेले बताउनुभयो ।

    कावासोती नगरपालिकामा रहेको टरुवा ताल यहाँको महत्वपूर्ण क्षेत्र हो । बजार क्षेत्रबाट नजिकै रहेकाले समेत भोलिका दिनमा महत्वपूर्ण गन्तव्यका रूपमा विकास हुने आशा गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    खलामा धान भर्दै स्थानीय सरकार
    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    • प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    • आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.