सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रचण्ड–माधवले पद र स्वार्थका लागि पार्टी फुटाए : नेता ज्ञवाली


  •    न्युजभित्तो/२९ माघ २०७७, बिहीबार १४:२३ 
  • माडी (चितवन), २९ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माडीको आयोजनामा माडीमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपा माडी नगर कमिटीका सदस्य रेशमलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा भूमि समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवाली प्रमुख अतिथि रहनु भएको थियो ।

    उहाँले आयोगले भूमिहिन र सुकुम्बासीको समस्या समाधानका लागि तिब्रताका साथ काम अगाडि बढाएको बताउनु भयो । नेकपाका केन्द्रीय सदस्य ज्ञवालीले पद र स्वार्थका लागि प्रचण्ड र माधव नेपालले पार्टी फुटाएर गएको बताउदै मतपत्र च्यातेर छोरी जिताएको चितवनका जनता नबिर्सिएको बताउनु भयो । प्रधानमन्त्री ओलीले जनमुखी काम गरेर लोकप्रिय हुँदै गएपछि आफुहरु पछाडि पर्ने डरले अत्तालिएका प्रचण्ड–माधवले पार्टी भित्रको राजनीतिक सहमति तोडेर भागेको ज्ञवालीले बताउनु भयो । उहाँले प्रधानमन्त्री केपी ओलीको राष्ट्रभक्ती र देश विकासको अभियानलाई माडीबासीले साथ दिने समेत विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा नेकपा बागमती प्रदेश सचिवालय सदस्य प्रकाश खनाल (शैलेश) ले प्रधानमन्त्रीलाई राजनीतिक सहमति बिपरित दुबै पदबाट हटाउने र आफू पदमा पुग्न जस्तोसुकै कार्य गर्न तयार हुने प्रचण्ड–माधवको गलत मनसाय सफल नभए पछी उनीहरु पार्टी छाडेर गएको बताउनु भयो

    सो कार्यक्रममा नेकपा भरतपुर महानगर कमिटीका अध्यक्ष राम न्यौपाने, चितवनका नेकपा नेता तथा भुमी समस्या समाधान आयोग चितवनका अध्यक्ष यादव पाठक, अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य सरस्वती बिष्ट, नारायणप्रसाद अधिकारी लगायतले मन्तव्य राख्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.