चितवन, २९ माघ । चितवनमा महिलालाई लुटपाट गर्ने एक जना पक्राउ परेका छन् । प्रहरिले भरतपुर महानगरपालिका वडा नम्बर ३ कमलनगरमा धारिलो हतियार देखाई नगद र गरगहना लुटपाट गर्ने बिकल क्षेत्रीलाई पक्राउ गरेको हो ।
यही माघ २४ गते बाह्रघरेमा डेरा गरि बस्ने क्षेत्रीले तनहुँकी ३९ बर्षिया महिलालाई बोलाई कमलनगर स्थित एकान्त ठाउँमा लगि धारिलो हरितयार देखाई कुटपिट गरेर महिलाले लगाएको सुनको झुम्का, सिक्रि, ब्रासलेट, २ वटा औंठी, हातमा लगाएको घडी , २ वटा मोवाइल र नगद रु १७ हजार गरि रु ५ लाख ६३ हजार २ सय ५० रुपैया बराबरको धनमाल लुटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी टोलीले पीडित महिलाको उद्दार गरी उपचारको लागि अस्पताल पठाईएको छ भने उनको हाल महिलाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । क्षेत्रीले महिलासँग आफ्नो नाम बिशाल र आफु मोटरपार्टस र वर्कसप सञ्चालक हुँ भनी फोन मार्फत चिनजान गरी बिभिन्न प्रलोभन देखाइ चितवन घुम्न आउनु भनि तनहुँबाट चितवन बोलाएका थिए । कुटपिटबाट महिलाको कान र हातमा समेत चोट लागको छ ।
उनले डाँका गरी लगेका सुनको सिक्री एकथान घडी,एकथान मोबाइल २ वटा कोठामा फेला परेको र । बाँकी झुम्का एक जोर र हातमा लगाउने ब्रासलेट भमनपा ११ बस्ने बर्ष २९ को सन्तोष विश्वकर्मालाई बेचेको बुझिएको छ । विश्वकर्मालाई समेत तत्काल पक्राउ गरी २७ गतेबाट लागु हुने गरि सम्मानित चितवन जिल्ला अदालतबाट हिरासतमा राखि अनुसन्धान गर्नको लागि दिन ०७ म्याद प्राप्त गरी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरीले जनाएको छ ।