सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुनसरीको इटहरीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु,दुई जना सामान्य घाइते


  •    न्युजभित्तो/२९ माघ २०७७, बिहीबार १२:१७ 
  • इनरुवा, २९ माघ । सुनसरीको इटहरी–१७ मा बुधबार सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका–९ का ५४ वर्षीय राजेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ क ३४११ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको को ३८प ५७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो । सोही टिपरले विपरीत दिशाबाट आउँदै गरेको को३५प ७६१० नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ बेलबारी–८ का ३८ वर्षीय होमनाथ बाँसकोटा र पछाडि सवार इटहरी–८ का ३७ वर्षीय नगेन्द्र अधिकारी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

    घाइते भएकाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने सबै सवारी साधन र टिपर चालक सुनसरी रामधुनी नगरपालिका–३ का ३५ वर्षीय सलमकुमार सरदार प्रहरी नियन्त्रणमा छन् । चितवन : पूर्वी चितवनको खैरहनी नगरपालिकामा भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटननामा परी मृत्यु हुनेमा कालिका नगरपालिका–५ का २२ वर्षीय सुरेश चौधरी रहेका छन् । पूर्व पश्चिम राजमार्गको खैरहनी नगरपालिका–१ तरकारी चोकमा लोथरबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख १७४० नम्बरको बसमा सोही दिशाबाट आइरहेको ना५९प ८७७ नम्बरको मोटरसाईकल आज बिहान ठक्कर खाएको थियो । ठक्करबाट घाइते मोटरसाइकल चालक चौधरीको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा कालिका नगरपालिका–५ का ३१ वर्षीय सुनिल चौधरी रहेका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते चौधरीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर खाने दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन् । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.