सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगता चितवनमा शुरु


  •    न्युजभित्तो/२८ माघ २०७७, बुधबार १७:५२ 
  • चितवन, २८ माघ । देशकै सबैभन्दा ठुलो धनराशिको ‘प्रथम प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७७’ चितवनमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को सहयोग, नेपाल ब्याडमिन्टन संघको पहल तथा चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा भएको प्रतियोगिताको आज (बुधबार) वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले उद्घाटन गर्नुभएको हो ।

    प्रतियोगिता उद्घाटन गर्दै प्रदेश प्रमुख प्रसाईले कोभिडको कारण बन्द भएको खेल क्षेत्र विस्तारै चलायमान हुन लागेको बताउनुभयो । खेलकुदबाट खेलाडीले आफ्नो र राष्ट्रको नाम विश्वमा परिचित गराउन सक्ने भन्दै खेलाडीका लागि सरकारले पारिश्रमिकको व्यवस्था समेत सुरु गरेको प्रसाईले बताउनुभयो । खेलकुदका गतिविधि बढ्न थालेपछि खेल पर्यटनको समेत विकास हुने उहाँको भनाइ थियो ।

    आजदेखि सुरु भएको प्रतियोगितामा देशभरका ३०० बढी खेलाडीको सहभागीता रहेको चितवन जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष भरत मल्ले बताउनुभयो । फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विश्वकै तेस्रो वरियतामा रहेका खेलाडी प्रिन्स दाहाललगायतका राष्ट्रिय खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत आज पहिलो चरणका ६९ वटा खेल सम्पन्न भएका नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठले बताउनुभयो ।

    विभिन्न आठ विधामा हुने प्रतियोगितामा वुमन सिङ्गल, गल्स सिङ्गल अण्डर १७ अन्तर्गतका खेलहरु बिहीबार हुने श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा मेन्स सिङ्गल र वुमन्स सिङ्गलतर्फ पहिलो हुने खेलाडीले नगद रु एक लाख १५ हजारका दरले पुरस्कार पाउने श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा आठ वटा विधामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीको लागि नगद सहित ट्रफी, मेडल र प्रमाणपत्रसिहतको पुरस्कारको व्यवस्था गरिएको श्रेष्ठको भनाइ छ ।

    प्रतियोगिताअन्तर्गत नगद पुरस्कारमात्रै आठ लाख १९ हजार रुपैयाँ खर्च हुने भन्दै श्रेष्ठले प्रतियोगिता सम्पन्न गर्न ४० लाख रुपैयाँ खर्च हुने बताउनुभयो । भरतपुरको कभर्डहलमा सञ्चालन भएको खेल निःशुल्क रुपमा हेर्ने व्यवस्था मिलाइएको चितवन जिल्ला ब्याडमिन्टन संघले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
    सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल
    पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
    • म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
    • एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    • प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    • पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.