सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इलाका हुलाक कार्यालय रामपुर मर्मतसंभार अभावमा जीर्ण बन्दै


  •    न्युजभित्तो/२८ माघ २०७७, बुधबार १३:५३ 
  • चितवन, माघ २८। चितवनको एउटा सरकारी कार्यालय जो आफ्नै भवनको अभावमा अरुको भवनमा शरण लिएर बसेको छ ।जीर्ण रहेर भत्किने अवस्थामै पुगेको उक्त भवन मर्मत गर्न कर्मचारीले सबै निकायसँग पटकपटक आग्रह गरिरहे । तर, वर्षौँ बिते पनि कसैले उनीहरुको कुरा सुनेनन् । भवनको भित्ता पनि चर्किसकेका छन् । छतबाट बालुवा र कङ्क्रिट झर्छ । वर्षात्मा पानी पर्दा चुहिने र कागजपत्र भिज्ने गरेका छन् । भवन जीर्ण हुँदा सेवा प्रवाहमा समस्या हुनुका साथै जोखिम बढ्दैै गएको छ ।

    यो दुःखद कथा हो, देशका ६ वटा महानगर मध्येको एक भरतपुर महानगरपालिका १५ मा रहेको इलाका हुलाक कार्यालय रामपुरको । सो भवन मर्मतसंभार अभावमा भवन निकै जीर्ण बनेको छ । उक्त भवन र जग्गा कृषि तथा वन विज्ञान विश्वविद्यालयको हो । भवन मर्मत हुन नसक्नुमा विश्वविद्यालयको स्वामित्व नै प्रमुख कारण भएको भुजेल बताउनुहुन्छ । अरुको भवन मर्मतका लागि हुुलाक विभागले बजेट नदिएकाले भवन मर्मत हुन नसकेको उहाँको भनाइ छ ।

    विश्वविद्यालयले पनि कुनै चासो नदिएको उहाँ बताउनुहुन्छ । विश्वविद्यालयमा मङ्सिर २२ गते पठाएको चिठीको कुनै जवाफ नआएको भुजेलले बताउनुभयो । २०६६ सालदेखि सोही कार्यालयमा कार्यरत भुजेलले यसअघिका हुलाक प्रमुखहरुले सबै निकायसँग पटकपटक आग्रह गरेको भए पनि कतैबाट सहयोग नभएको स्मरण गर्नुभयो । उक्त भवनलाई २०७२ सालको भुकम्पले थप क्षति पु¥याएको उहाँले बताउनुभयो ।

    आफू निमित्त भएपछि पनि भरतपुर महानगरपालिका वडा कार्यालय १५ मा पनि सहयोगका लागि पटकपटक आग्रह गरेको भए पनि वडाले पनि कुनै वास्ता नगरेको भुजेल बताउनुहुन्छ । ‘अस्ति राति छतबाट त्यत्रो बालुवा र कङ्क्रिट खसेपछि हामीले वडामा गएर भन्यौँ । तर वडा प्रमुखले मान्छे हेर्न पठाउँछु भन्छन्, पठाएका छैनन्’ उहाँले भन्नुभयो ।

    कार्यालयमा निमित्त प्रमुख भुजेल स्थायी कर्मचारी हुन् भने अन्य दुई जना करारमा कार्यरत छन् । पहिलेको तुलनामा चिठीपत्रहरु पनि कम आउने गरेको भुजेलले जानकारी दिनुभयो । ‘व्यक्तिगत चिठीहरु आएका छैनन् । तर, सरकारी कार्यालय, बैँक तथा वित्तीय संस्था, शैक्षिक कार्यालयलगायत अन्य संघसंस्थाका चिठी पत्रहरु भने आइरहेका छन्’ उहाँले भन्नुभयो ‘बैँकबाट ऋण लिनेहरु बढ्दै गएकाले हुलाक कार्यालयमा बैंकबाट आउने चिठीपत्रहरु बढ्दै गएका छन् ।’ कर्मचारीको सङ्ख्यामा पनि कमी हुँदै गएकाले विगतका दिनभन्दा कार्यालयमा कर्मचारीको काम बढेको उहाँले बताउनुभयो ।

    के भन्छन्, सम्बन्धित निकाय:

    भरतपुर महानगरपालिका १५ का वडाध्यक्ष शम्भु भण्डारीले वडा सदस्यलाई कुरा बुझ्न जान भनेको बताउँदै कुरा बुझिसकेपश्चात महानगरमा रिपोर्ट पठाउने बताउनुभयो । ‘हामीले केही गर्न सक्दैनौैँ । हामी सबै कुरा महानगरसम्म पु¥याइदिन्छौँ । महानगरले नै गर्ला’ उहाँले भन्नुभयो ।

    भरतपुर महानगर प्रमुख रेनु दाहालले उक्त भवन मर्मतको काम महानगरको दायित्व भित्र नपर्ने बताउनुभयो । यद्यपि महानगरभित्रका समस्या समाधान गर्न महानगरले सक्दो पहल गर्ने बताउनुभयो । महानगरसम्म खबर आएपश्चात महानगरले सक्दो सहयोग गर्ने उहाँको भनाइ छ ।

    जिल्ला हुलाक कार्यालय चितवनका प्रमुख इमनाथ कँडेलले हुलाक विभागमार्फत सञ्चार तथा सूचना मन्त्रालयमा उक्त भवन मर्मतका लागि बजेट मागिएको जानकारी दिनुभयो । बजेट आएपछि मर्मत गरिने उहाँको भनाइ छ । ‘अलिअलि बजेट आए पनि भाडाको घरमा सार्न सकिन्थ्यो । तर कत्ति पनि आएको छैन्’ उहाँले भन्नुभयो, ‘अरु काम हामीले हुलाक विभागको आदेश बिना केही पनि गर्न सक्दैनौँ ।’

    कृषि तथा वन विज्ञान विश्वविद्यालयलयका तर्फबाट कुनै पनि ठोस प्रतिक्रिया पाउन सकिएन । विश्वविद्यालयका उपकूलपति पूण्य रेग्मीले आफूलाई यसबारे जानकारी नभएको भन्दै रजिष्ट्रारसँग बुझ्न आग्रह गर्नुभयो । राजिष्ट्रार प्राडा शारदा थपलियाले आफू बल्ल नयाँ नियुक्ति भएको र नियुक्ति भएदेखि तालाबान्दी जारी रहको बताउनुभयो । तालाबन्दीका कारण आफू कार्यकक्षमा प्रवेश गर्न नपाएकाले यसबारे केही भन्न सक्ने अवस्था नरहेको प्रतिक्रिया दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.