चितवन, २८ माघ । भरतपुर विमानस्थलमा यात्रुको चाप बढ्दै गएपछि बुद्ध एयरले आज (बुधबार)बाट एउटा उडान थप गरेको छ । भाडादार सस्तो भएसंँगै र बुकिङ्ग बढ्दै गएपछि बुद्ध एयरले उडान थप गरेको जानकारी दिएको छ । कोरोनाको प्रभाव कम हुदै जानु , हवाई उडान सुरक्षित , छिटो र आरामदायी भएका कारण पछिल्लो समय उडानमा आकर्षण बढेको उडान प्रदायकहरु बताउंँछन । हाल भरतपुरका लागि बुद्ध एयरले पांँचवटा उडानबाट थप गरी ६ वटा पुरयाएको हो भने यति एयरले काठमाडौ भरतपुर काठमाडौंका लागि नियमित ३ वटा उडान थप गरेर ४ वटा बनाउने तयारी भईरहेको बताएको छ ।
बुद्ध एयरका भरतपुरका प्रबन्धक भक्त बहादुर बस्नेत गत महिनादेखि हवाई यात्रुको संख्या क्रमश बढ्दै गएको बताउंँछन । ‘यात्रुको संख्या अनेपेक्षित रुपमा बढेको छ , उनले भने,जसले गर्दा आज बाट एउटा उडान थप गरिएको हो ।’ हवाई टिकटदर सस्तो हुनुनै यात्रुको चाप बढ्नुको प्रमुख कारण भएको उनले बताए । केहीबर्षअघिसम्म काठमाडौंको लागि ४हजार ७सय सम्म प्रतिव्यक्ति भाडा लाग्ने गर्दथ्यो । तर अहिले यो दर घटेर न्यूनतम २हजार २सय र अधिकतम ३हजार चारसय पर्ने गर्दछ ।
यति एयरका भरतपुर शाखका अनुसार यतिका उडान पनि सबै प्याक भएका छन । भरतपुर शाखाका प्रमुख अनुप ढकाल केही समय यता हवाई उडानमा यात्रुहरुको आकर्षण बढेको बताउंँछन । ‘अहिले हाम्रो फ्लाईटको सबै सिट अकुपाई छ , यात्रुको चाप पनि बढेको छ । उनले भने, अब हामी पनि छिटै यहांँको लागि उडान थप गर्ने तयारीमा छौं ।’ हवाई उडानको भाडादार सस्तो हुदै गएपछि बसका यात्रुहरु पनि हवाई उडानतर्फ आकर्षित भएको उनको भनाई छ । ‘अहिले रेगुलर प्यासेन्जर भन्दा पनि नयांँ यात्रुले नयांँ मार्केट क्रियट गर्यो ।’ ढकालले भने । कोरोनाको कहर कम भएसंँगै मानिसहरुको चहलपहल , बन्द हड्तालजस्ता क्रियाकलाप बढेकोले पनि यात्रुले हवाई उडान रोज्ने गरेको ढकालको भनाई छ ।
यात्रुहरुले हवाई उडानबाट यात्रा गर्दा बढी सुरक्षित, छिटो र आरामदायी महसुस गर्ने भएकोले हवाईयात्रुको चाप बढेको बताउंँछन भरतपुर विमानस्थलका प्रमुख योगेन्द्र कँुंवर । ‘सडकबाट यात्रा गर्नुभन्दा सुरक्षित , छिटो हवाई उडाननै हुन्छ , उनले भने पछिल्लो समय भाडादरपनि सस्तो हुदै गएको छ ।’ कोरोनाको कारण यात्रुहरुमा सचेतना बढेको र विमानस्थलको प्रमुखद्धार देखि विमानको सिटसम्म स्वास्थ्य सुरक्षा सावधानी अपनाईएकोले पनि हवाई उडान प्रति विश्वास बढेको कुंँवरको भनाई छ । बुद्ध एयरको थप उडान सहित ४७ सिटे ६ वटा उडान काठमाडौं , पोखरा १८ सिटे एक उडान र यति एयरले ३० सिटे ३ वटा काठमाडौं उडान भर्दै आएको छ ।