सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फेरि पश्चिमी वायुको प्रभावः वर्षाको सम्भावना कमै


  •    न्युजभित्तो/२८ माघ २०७७, बुधबार ११:३७ 
  • काठमाण्डौं, २८ माघ । पश्चिमी वायुको प्रभावले आज बुधबार देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । हिजो बेलुकादेखि देशको पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहको बताइएको छ ।

    यस प्रणालीको प्रभावले वर्षाको सम्भावना भने कमै रहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । “उक्त प्रणालीमा जलवाष्पयुक्त हावा कम भएकाले वर्षा हुने सम्भावना कम रहेको हो” उहाँले भन्नुभयो,“हिउँद याममा १४ मिलिलिटर वर्षा हुनुपर्नेमा हालसम्म १।३ मिलिलिटर मात्र वर्षा भएको छ ।” यसअघि गत बिहिबारदेखि शनिबारसम्म प्रभाव रहेको पश्चिमी वायु त्यति शक्तिशाली नभएकाले कमजोर किसिमको मौसमी प्रणाली आज साँझबाटै हट्ने महाशाखाका वरिष्ठ मौसमविद सापकोटाले बताउनुभयो ।

    मौसमविद्का अनुसार अझै केही दिन ठूलो वर्षाको सम्भावना रहेको छैन् । सो प्रणालीको प्रभाव साँझापखबाट हटेर जाने विभागले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भू–भागमा बिहानपख हुस्सु÷कुहिरो लाग्न सक्ने हँुदा चिसो अझै रहिरहने देखिएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।

    हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, प्रदेश नं १ तथा वाग्मती प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागमा थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भू–भागका हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । राजधानी काठमाडौँको उत्तरी क्षेत्रमा साँझपख हल्का वर्षाको सम्भावना रहेको मौसमविद सापकोटाले बताउनुभयो ।

    रातिको समयमा बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं २ र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं का पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । भोलि बिहीबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ । माघ ३० गते शुक्रबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव सात डिग्री र अधिकतम तापक्रम २३ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस शून्य दशमलव ६ डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १२ दशमलव २ डिग्री सेल्सियस रहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.