प्रेस संगठन बागमती प्रदेशका जिल्ला संयोजक र सहसंयोजक हेरफेर, चितवनमा पण्डित र आचार्य
न्युजभित्तो/२७ माघ २०७७, मंगलवार २१:०६
चितवन, माघ २७ । प्रेस संगठन नेपाल, वाग्मती प्रदेश कमिटीको मंगलबार बसेको बैठकले प्रदेशभित्रका १० जिल्लाका संयोजक र सह–संयोजकको जिम्मेवारी हेरफेर गरेको छ । सो बैठकको निर्णयले चितवनको जिल्ला संयोजकमा सुवास पण्डित र सह–संयोजकमा कृष्ण आचार्यलाई चयन गरेको छ ।
बैठकले काभ्रेको संयोजकमा भुवन रायमाझी र सह–संयोजकमा राम सुन्दर आचार्यलाई जिम्मेवारी दिइएको छ । सिन्धुपाल्चोकको संयोजकमा विदुर आचार्य र सह–संयोजकमा नानीराम नेपाललाई जिम्मेवारी प्रदान गरेको छ । दोलखाको संयोजकमा प्रभु जिरेल, सह–संयोजकमा ताराबहादुर महत चयन भएका छन् भने रामेछापको संयोजकमा बिफा तामाङ घिसिङ र सह–संयोजकमा मेखबहादुर बिकलाई जिम्मेवारी प्रदान गरेको छ ।
यस्तै सिन्धुलीको संयोजकमा बुद्ध अछामी, सह–संयोजकमा विनय दाहाल (वाईबी), मकवानपुरको संयोजकमा धर्मेन्द्र दाहाल र सह–संयोजकमा पुष्पराज अधिकारी तथा रसुवाको संयोजकमा बलराम घिमिरे र सह–संयोजकमा प्रेम पौडेललाई जिम्मेवारी दिइएको छ । सो बैठकले धादिङको संयोजकमा सरोज पौडेल र सह–संयोजकमा राजन सिलवाल तथा नुवाकोटको संयोजकमा नवदीप अजनवी र सह–संयोजकमा रुपा अर्याललाई जिम्मेवारी दिइएको छ ।
काठमाडौँमा सम्पन्न प्रेस संगठन नेपाल, वाग्मती प्रदेश कमिटीको बैठकले १ हप्ता भित्र प्रदेशभित्रका जिल्ला कमिटीको सदस्यहरुको पनि पूर्णता दिई नामावली पठाउन निर्देशन दिएको छ । सो बैठकले आगामी फागुनको दोस्रो हप्ताभित्र प्रेस संगठन नेपालको वाग्मती प्रदेश स्तरीय भेला गर्ने समेत निर्णय गरेको छ । साथै बैठकले सरकारले निःशुल्क उपलब्ध गराउने कोरोनाको खोप सम्पूर्ण जिल्लामा सबै पत्रकारहरुलाई तुरुन्त लगाउनका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गर्नेसमेत निर्णय गरेको संगठनका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सहसंयोजक शिशिर सिंखडाले जानकारी दिनुभयो ।