सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विराटनगर महानगरपालिकाले रु दुई करोड ३९ लाख लागतमा एकैसाथ तीन आकाशे पुल निर्माण गर्दै


  •    न्युजभित्तो/२५ माघ २०७७, आईतवार १०:१२ 
  • विराटनगर, २५ माघ ।  विराटनगर महानगरपालिकाले रु दुई करोड ३९ लाख लागतमा एकैसाथ तीन आकाशे पुल निर्माण गर्ने भएको छ । विराटनगर महानगरपालिकामा सवारी साधनको चाप बढ्न थालेपछि यातायता सुगमताका लागि आकाशे पुल निर्माण गर्ने अवधारणा ल्याएको हो ।

    नगर क्षेत्रको धरान–विराटनगर सडकखण्डको कञ्चनबारी चोक, बरगाछी चोक र भट्टी मोड (घाँसचोक) गरी तीन ठाउँमा आकाशे पुल निर्माण गर्ने योजना महानगरपालिकाले अगाडि सारेको नक्शा शाखाका प्रमुख अर्जुन थापाले बताउनुभयो । विराटगरको सौन्दर्य बढ्ने र सवारी दुर्घटना न्यूनीकरण गर्ने र मानिसलाई सडक वारपार गर्न सुविधा पुग्ने उद्देश्यले आकाशे पुल निर्माणसँगै विराटनगरको भित्री भागमा नगरपालिकाको खाली जग्गामा सामान्य उद्यान पनि बनाउने नगरपालिकाको योजना रहेको प्रमुख थापाले जानकारी दिनुभयो ।

    विराटनगरको कञ्चनबारी चोकमा रु ७८ लाख, बरगाछी चोकमा रु ६८ लाख र भट्टीचोकमा रु ९३ लाख लागतमा सो पुल निर्माण गर्न लागेको उहाँले बताउनुभयो । छ लेनको मापदण्डअनुसार बन्ने सो पुल फलामका हुने भनिएको छ । तीनवटै पुल निर्माण गर्ने गरी योजना अगाडि बढाएको र केही दिनमै यसको शिलान्यास भई चालु आर्थिक वर्षमै योजना सम्पन्न हुने प्रमुख थापाको भनाइ छ । आकाशे पुल निर्माण भएपछि सडकमा जथाभावी सडक काट्ने बानी अन्त्य हुने र यसबाट सवारी दुर्घटना न्यूनीकरणमा पनि टेवा पुग्ने बताइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.