सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनताले आगामी निर्वाचनमा सबै हिसाब-किताब गर्नेछन् : रावल


  •    न्युजभित्तो/२३ माघ २०७७, शुक्रबार १५:०६ 
  • चितवन, २३ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की केन्द्रीय कमिटी सदस्य तथा राष्ट्रियसभा सदस्य पार्वती रावलले जनताले आगामी निर्वाचनबाट सबै हिसाबकिताब गर्ने बताएकी छिन्। नेकपाले आज आयोजना गरेको बृहत जनसभामा बोल्दै रावलले प्रचण्ड–नेपाल समूहलाई जनताले इमान्दारीपूर्वक हिसाबकिताब गर्ने बताएकी हुन्।

    उनले भनिन्, “जनताले चुनेर पठाएको सरकारलाई काम गर्न नदिने प्रचण्ड–नेपाल समूहलाई जनताले निर्वाचनमा हिसाबकिताब गर्छन।” उनले पार्टीका केही पदलोलुप नेताहरुका कारण पार्टीमा समस्या आएको छ। कानुनीरुपमा पार्टी नफुटे पनि वैचारिक र राजनीतिकरुपमा पार्टी फुटिसकेको बताइन्। सरकारलाई काम गर्न नदिने, जनतामा घृणा जगाउने, घेराबन्दी गर्ने गरेकाहरु टुक्रिसकेका छन्। तर, विगतमा हुन नसकेका विकासका कामलाई अहिले तीव्र गतिमा अगाडी बढिरहेको छ।

    सामाजिक र आर्थिकरुपमा देश अगाडि बढिरहेको छ। पहिलोपटक नेपाली जनताले आफ्नो सरकार भएको महशुस गरिरहेको अवस्थामा प्रचण्ड नेपाल समूहले घेराबन्दी गरेको छ”, उनले भनिन्। नेपालीहरुले भविष्य खोजिरहेको भविष्य ओलीबाट मात्रै सम्भव भएको बताउँदै उनले देशका मजदुर किसान, जनता, महिलाहरुले र विद्यार्थीहरुले नेपालमा भविष्य खोजिरहेको बताइन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.