सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज बिहानैदेखि मौसममा बदलाब, पश्चिम नेपालमा पानी पर्न थाल्यो


  •    न्युजभित्तो/२३ माघ २०७७, शुक्रबार ०८:२२ 
  • काठमाडौं , २३ माघ । आज बिहानैदेखि मौसममा बदलाब आएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदलाब आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    अहिले सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य र बागमती प्रदेशमा आंशिक बदली भएको छ ।

    महाशाखाका अनुसार बिहानै पश्चिम नेपालका केही ठाउँमा सामान्य वर्षा भएको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात हुने अनुमान गरिएको छ । पानी पर्नुका साथै हिमपात भए पनि तापक्रममा भने अत्यधिक गिरावट आउनेछन ।

    आज दिउँसो र रातिसम्म सुदूर पश्चिम, कर्णाली, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानमा र प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरुमा पनि हल्कादेखि मध्यम वर्षा हुनेछ । हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    बदली भई पानी पर्ने र हिमपात हुने क्रम भोलि (शनिबार)सम्म जारी रहनेछ । आइतबारदेखि भने मौसम खुल्ने महाशाखाको पूर्वानुमान छ । बिस्तारै तापक्रम पनि बढ्नेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.