सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साउनयता २२ वन्यजन्तु मरे


  •    न्युजभित्तो/२२ माघ २०७७, बिहीबार ११:४५ 
  • चितवन, २२ माघ । वन र राजमार्ग क्षेत्रमा प्राकृतिक कारण तथा दुर्घटनामा परेर गत साउन यता २२ वन्यजन्तु मरेका छन् । यसै अवधिमा १८ जनावरलाई उद्धार गरिएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार एउटा पाटे बाघ, तीन बँदेल र बाँकी चित्तल मरेका हुन् ।

    वास्तविक तथ्याङ्क नराखिए पनि ४० प्रतिशत हाराहारी टिकौलीस्थित पूर्व पश्चिम राजमार्गमा सवारीको ठक्करबाट मारिएका हुन् । उमेर पुगेर, बाघको आक्रमणबाट, एकापसमा जुधेर पनि मरेका उहाँले जानकारी दिनुभयो । यसै अवधिमा विभिन्न ठाउँबाट १८ जनावरलाई उद्धार गरिएको छ । चित्तल, बँदेल, रतुवा, मृग, अजिङ्गर, जरायो, मलछाप्रोजस्ता जनावरलाई उद्धार गरिएको हो । लडेर घाइते भएका, जुधेर घाइते भएका, पासोमा परेका जनावरलाई उद्धार गरिएको उहाँले बताउनुभयो ।

    घाइते जनावरलाई पशु चिकित्सक डाकेर उपचारसमेत गरिएको छ । सामान्य घाइतेलाई निगरानीमा राखेर उपचारपछि बथानमा छाड्ने गरिएको छ । गत आर्थिक वर्षमा यसै क्षेत्रमा ३१ वन्यजन्तु मरेका थिए । सोमध्ये एउटा गैँडा र एउटा पाटेबाघ पनि रहेका थिए । त्यसै अवधिमा १६ जनावरलाई उद्धार गरिएको थियो । बरन्डाभार क्षेत्रमा दुवैपट्टि वन र बिचमा राजमार्ग रहेको छ ।

    जनावर आवतजावत गर्दा दुर्घटना हुने गर्दछ । जिल्लामा ४३१ वटा कबुलियती वन, ९३ सामुदायिक वन, एउटा बरन्डाभार संरक्षण वन र पाँच धार्मिक वन रहेका छन् । टिकौलीपछि धेरै सवारी साधन आवतजावत हुने वन क्षेत्र नारायणगढ–मुग्लिन सडकखण्डको रामनगर क्षेत्र हो । सो क्षेत्रमा वन्यजन्तु आवतजावत गर्न सडकमुनि पुलको व्यवस्था गरिएको छ । गत वर्षहरुमा सो सडकमा वन्यजन्तु मरेका भए पनि यस वर्ष कुनै दुर्घटना नभएको खनालको भनाइ छ ।

    टिकौलीमा बिग्रिएका सिसी क्यामेरा मर्मत गर्न सकिएमा दुर्घटनामा कमी आउने उहाँले जानकारी दिनुभयो । यसअघि दाताले क्यामेरा जडान गरिदिएको भए पनि मर्मतसम्भार हुन नसक्दा थन्किएका छन् । सिसी क्यामेरा हुँदा दुर्लभ वन्यजन्तुको सुरक्षासँगै आपराधिक गतिविधि रोक्नसमेत सहयोग पुगेको थियो । जिल्लाका राष्ट्रिय वनअन्तर्गतका क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जमा पाइने अधिकांश जनावार रहेका छन् । टिकौलीमा वन क्षेत्र पार गर्दा समय काड लागू गरेमा दुर्घटनामा कमी आउने खनाल बताउनुहुन्छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    खलामा धान भर्दै स्थानीय सरकार
    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    • प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    • आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.