सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भोली देखि शनिबारसम्म वर्षा र हिमपातको सम्भावना


  •    न्युजभित्तो/२१ माघ २०७७, बुधबार १५:०० 
  • काठमाडौँ, २१ माघ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ ।

    जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर पाकिस्तान तथा आसपासको क्षेत्र नजीक रहेको पश्चिमी न्यून चापीय प्रणाली बिहीबारबाट नेपाल प्रवेश गर्ने र सो प्रणालीका कारण बिहीबार देशका पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुनाका साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

    विभागका अनुसार उक्त प्रणाली पूर्व सर्ने क्रममा शुक्रबार प्रदेश नं २ का केही स्थान र अन्य प्रदेशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

    शनिबार सो प्रणालीको असर गण्डकी, वाग्मती, प्रदेश नं १ र २ मा रहनेछ । यी प्रदेशहरुमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १ मा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको औँल्याइएको छ । शनिबार रातिबाट क्रमिकरुपमा मौसममा सुधार हुने जनाइएको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम दुई दशमलव सात डिग्री र अधिकतम तापक्रम १९ दशमलव नौ डिग्री सेल्सियस रहेको छ ।  त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम नौ दशमलव छ डिग्री सेल्सियस रहेको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अटो चलाएर आत्मनिर्भर बन्दै महिला
    लालझाडीमा ७४८ जनाको निःशुल्क क्षयरोग परीक्षण
    विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
    • सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ
    • बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
    • सुविधा सम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा सुरुः सेवाग्राहीको चाप बढ्यो
    • खाद्यान्नमा आत्मनिर्भर बन्न ‘एक वडा, एक उत्पादन’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.