सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

झलनाथ खनाल भन्नु हुन्छ, संवैधानिक आयोगमा गरिएको नियुक्ति तानाशाहीको अर्को नमुना हो


  •    न्युजभित्तो/२१ माघ २०७७, बुधबार १२:०२ 
  • काठमाडौं, २१ माघ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले संवैधानिक आयोगमा गरिएको नियुक्ति तानाशाहीको अर्को नमुना भएको बताएका छन् ।

    राष्ट्रपति कार्यालयमा आज सपथ ग्रहण गराइएपछि खनालले केपी ओलीले मुलुकलाई थप अन्धकारतिर धकेलेको भन्दै आक्रोश पोखे ।

    उनले भने, “यो तानाशाहीको अर्को नमुना हो । सम्पूर्ण प्रशासनलाई एकलौटी गर्ने, मनपरीतन्त्र निम्त्याउने, मुलुकलाई अन्धकारतर्फ लैजाने कामको थप कदम हो । यसको हाम्रो पार्टी भत्सर्ना गर्छ, निन्दा गर्छ ।”

    राष्ट्रपति कार्यालयले आज संवैधानिक आयोगहरूमा सिफारिस भएकाहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएको छ । सरकारले गत मङ्सिर ३० गते अध्यादेश ल्याएर संवैधानिक आयोगहरूमा रिक्त रहेका पदमा सिफारिस गरेको थियो ।

    संवैधानिक परिषद्ले गरेको सिफारिसमा संसदीय सुनुवाइ गर्नुपर्ने संवैधानिक प्रावधान छ । संसद् विघटित रहेको अवस्थामा संसदीय सुनुवाइ नभएको र मङ्गलबार सिफारिसको ४५ दिन पूरा भएकाले संवैधानिक प्रावधानमै टेकेर राष्ट्रपति कार्यालयले शपथ खुवाएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान राष्ट्रपति कार्यालयमा सपथ खुवाएकी हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.