सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटकलाई लक्ष्य गरी पदमार्ग निर्माण


  •    न्युजभित्तो/२१ माघ २०७७, बुधबार १०:१६ 
  • चरिकोट, २१ माघ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत दोलखाको भीमेश्वर नगरपालिकाले पर्यटकलाई लक्ष्य गरी पदमार्ग निर्माण गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगारको पहिचान गरी नगरपालिकाले वडा नं २ र ४ मा पदमार्ग निर्माण गरेको हो ।

    नगरपालिकालको वडा नं २ को मञ्जुश्री उद्यानदेखि भ्यूटावरसम्म र वडा नं ४ जिलुको वृन्दावनदेखि साहित्य उद्यानसम्म आकर्षक पदमार्ग निर्माणको काम भइरहेको छ । वडा नं २ को मञ्जुश्री उद्यानदेखि वडा नं ६ को भ्यूटावरसम्म करिब रु ३१ लाखको लागतमा दुई किलोमिटर पदमार्ग निर्माण गर्न लागिएको र करिब तीन हजार ६०० सिँढी निर्माण गर्ने योजनाका साथ काम भइरहेको भीमेश्वर नगरपालिकाका रोजगार संयोजक डम्बरप्रसाद ओलीले बताउनुभयो ।

    संयोजक ओलीका अनुसार वडा नं ४ को बृन्दावनमा रु २० लाख ६८ हजारको लागतमा एक हजार ८०० मिटरको पदमार्ग निर्माणको काम धमाधम भइरहेको छ । भीमेश्वर नगरपालिकाले बेरोजगार सूचीमा आवेदन गरेकाहरुको पहिचान गरी आवश्यकताअनुसार विभिन्न विकास निर्माणको काममा परिचालन गरेको हो ।

    भीमेश्वर नगरपालिकाले नगरवासीको गौरवको आयोजनासँगै पर्यटन प्रवद्र्धन तथा जीविकोपार्जनलाई समेत विशेष महत्वका साथ हेरिएको र समग्र क्षेत्रमा विकास गराउने उद्देश्यले काम गरिरहेको नगरपालिकाका प्रवक्ता हरिवंश चौलागाईँले बताउनुभयो । नगरपालिकाले पर्यटकलाई लक्ष्य गरी विभिन्न क्षेत्रमा उद्यान, पोखरी, भ्यूटावरको निर्माण गरिसकेको र पर्यटकीयस्थलको पहिचान गरी पूर्वाधार विकासका काम गरिरहेको प्रवक्ता चौलागाईँले बताउनुभयो ।

    सांस्कृतिक धार्मिक प्राकृतिकरूपमा विभिन्न ठाउँमा नगरपालिकाले निर्माण गरेको पर्यटकीय क्षेत्रहरुमा पुग्न तथा पर्यटन प्रवद्र्धनका लागि पदमार्ग महत्वपूर्ण मार्गको रूपमा हेरिएको छ । नगरपालिकाले बेरोजगारको पहिचान गरी रोजगार दिएर आफूलाई विकास निर्माणका काममा लगाएको वडा नं ४ का तिलकप्रसाद सापकोटाले खुशी व्यक्त गर्नुभयो । पदमार्ग निर्माण सम्पन्न भएसँगै बृन्दावन, महाँकाल मन्दिर, जलेश्वर मन्दिर, एकीकृत नमूना बस्तीलगायत धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्न सकिन्छ ।

    भीमेश्वर नगरपालिकामा १६ वर्षदेखि ४० वर्ष उमेर समूहका तीन हजार ५६६ जना प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा सूचीकृत भएका छन् । रोजगारीका लागि एक हजार ७६१ पुरुष र एक हजार ८०३ महिला रोजगार कार्यक्रममा सूचीकृत भएको रोजगार संयोजक ओलीले बताउनुभयो । रोजगार कार्यक्रमा सूचीकृत भएकामध्ये वडा नं २ र ४ का पदमार्ग निर्माण गर्न लागेको र अन्य वडामा त्यस्तै निर्माणको काममा लगाउने तयारी भइरहेको छ ।

    प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएकाहरूले कम्तीमा १०० दिनको रोजगारी पाउने व्यवस्था रहेको छ । बेरोजगार रहेकालाई विकास निर्माणको काम लगाउने र भुक्तानी गरिने हुँदा ग्रामीण क्षेत्रमा यो कार्यक्रम निकै लोकप्रिय बन्दै गएको छ । ज्याला मजदुरीमा काम गर्दा सम्मान काममासमेत महिला पुरुषको बीच ज्यालामा विभेद भइरहेको अवस्थामा यो कार्यक्रममले सम्मान ज्याला वितरणले थप लोकप्रिय बनेको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    खलामा धान भर्दै स्थानीय सरकार
    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    • प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    • आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.