“चुनाव हारेका नारायणकाजी र बामदेवलाई सांसद बनाएर लोकतन्त्रको बदनाम गराईयो”
न्युजभित्तो/१९ माघ २०७७, सोमबार १७:४८
चितवन, १९ माघ । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले कम्युनिस्टले चुनाव हारेका नारायणकाजी श्रेष्ठ र बामदेव गौतमलाई सांसद बनाएर लोकतन्त्रको बदनाम गराएको बताउनुभएको छ । आज सोमबार कांग्रेसका भातृ संगठनहरुले गरेको विरोध सभालाई भरतपुरको चौबीसकोठीमा सम्बोधन गर्दै श्रेष्ठले कांग्रेस निर्वाचनसँग डराएर संसद विघटनको विरोध नगरेको बताउनुभएको हो ।
उहाँले संविधानको रक्षाका निम्ति सडकमा आएको बताउँदै भन्नुभयो “कम्युनिस्टका कुनै पनि नेता ठिक छैनन् अब कांग्रेस कहिल्यै पनि कम्युनिस्टसँग मिल्दैन ।” कांग्रेस एक्लै चुनाव लडेर अब कम्युनिस्टलाई नेपालबाट बिदाइ गर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले कम्युनिस्ट नेताहरुको आफ्नो स्वार्थको लडाइले गर्दा देश भड्खालोमा पुगेको बताउनुभयो । देश र जनतालाई संकट पर्दा नेपाली कांग्रेसले नेतृत्व गरेर निकास दिएको इतिहास रहेको बताउँदै उहाँले अब पनि कांग्रेसले नै यो संकटको निकास दिनुपर्ने बताउनुभयो ।
विरोध कार्यक्रममा नेपाल तरुणदल चितवनका अध्यक्ष राजन ताम्राकार, नेविसंघका जिल्ला अध्यक्ष सूर्य ढकाललगायतले बोल्नु भएको थियो । कार्यक्रममा नेपाल दलित संघ, भूपु सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघलगायतका नेपाली कांग्रेसका भातृ संगठनका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।नेपाली कांग्रेसका भातृ संगठले देशका ७७ वटै जिल्लामा संसद विघटन विरुद्ध विरोध प्रदर्शन गरेका छन् । सभा सुरु हुनु अघि बिभिन्न स्थानबाट बिरोध जुलुश निस्किएको थियो ।
शुभेच्छुकहरुले माघ २४ गते प्रदर्शन गर्ने
यसैबीच नेपाली काँग्रेसका शुभेच्छुक संघ संस्थाहरुले चितवनमा माघ २४ गते प्रदर्शन गर्ने भएका छन् । आज सोमबार काँग्रेस पार्टी कार्यलय कमलनगरमा बसेको शुभेच्छुक संघ संस्थाहरुको बैठकले २४ गते शनिवार दिनको १ बजे बिरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
काँग्रेसको केन्द्रीय कार्यक्रम अन्तर्गत रही माघ २४ गते भरतपुरको चौबिसकोठीमा बिरोध प्रदर्शन गर्ने निर्णय भएको हो । शुभेच्छुक संस्थाका संयोजक शालिग्राम शर्मा पौडेलका अनुसार बिरोध प्रदर्शन अघि भरतपुरको मालपोतचोक, हाकिमचोक र वीरेन्द्र क्याम्पस अगाडीबाट प्लेकाड सहितको प्रदर्शनका लागि ¥यालि निकालिने छ ।