सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिद्धेश्वर टोल विकास संस्थामा गीतानगर जेसीजको वृक्षारोपण सम्पन्न


  •    न्युजभित्तो/१८ माघ २०७७, आईतवार २१:३० 
  • रविन देवकोटा – चितवन,१८ माघ । “हरियो बन नेपालको धन” भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै गीतानगर जेसीजले आज सिद्धेश्वर टोल विकास संस्था भरतपुर ६ मा वृक्षारोपण गरेको छ।

    गीतानगर जेसीज बर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष जेसी शोभाकर पौडेल संयोजकत्वमा भएको वृक्षारोपण कार्यक्रम सिद्धेश्वर टोल विकास संस्थाका अध्यक्ष सुर्यप्रसाद शर्मा प्रमुख अतिथी रहनु भएको थियो।सो वृक्षारोपण कार्यक्रम गीतानगर जेसीज बर्ष २०२१का अध्यक्ष जेसी अर्जुन पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

    सोही कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख अतिथी शर्माले समाजलाई स्वच्छ र हराभरा राख्न गीतानगर जेसीजले आफ्नो टोलमा गरेको वृक्षारोपणले आफु अत्यन्तै खुसी भएको बताउदै यस्तै पाठ अन्य विभिन्न संघसंस्थाले पनि सिक्न जरुरी रहेको बताउदै वृक्षारोपणले प्राकृतिक प्रकोप पनि रोक्न मद्दत पुर्याउने बताउनुभयो।

    सो वृक्षारोपणमा गीतानगर जेसीजका पदाधिकारी संगै सिद्धेश्वर टोल विकास संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियोे।उक्त वृक्षारोपणमा बिभिन्न प्रजातिका २०० बिरुवाहरु वृक्षारोपण गरिएको गीतानगर जेसीज बर्ष २०२१ का महासचिव प्रवीण पोख्रेललेे जानकारी दिनुभयो

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.