सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रोटरी क्लब अफ भरतपुरद्वारा न्यानो कपडा वितरण


  •    न्युजभित्तो/१८ माघ २०७७, आईतवार २१:०८ 
  • चितवन, १८ माघ । रोटरी क्लब भरतपुरले विद्यालयका बालबालिकालाई न्यानो कपडा, ४३ इन्चको एलसीडी मनिटर र मिदास सफ्टवेर प्रदान गरेको छ । क्लबले रोटरी नेपाल लिटरेसी मिसन अन्तर्गत जखाडीमाई आधारभूत विद्यालय भरतपुरमा आज आईतबार सहयोग गरेको छ ।

    उक्त विद्यालयका कक्षा १ देखि ५ सम्मका ७६ जना विद्यार्थीलाई न्यानो कपडा (ट्रैक सुट) प्रदान गरिएको छ । सो अवसरमा बालबालिकालाई आधुनिक तरिकाले शब्द चित्रबाट पठन पाठनमा उपयोगी हुने मिदास सफ्टवेर र ४३ इन्चको मोनिटर विद्यालयका प्रधानाध्यापक उपेन्द्रराज सेढाईलाई रोटरी क्लब भरतपुरका बर्ष २०२०/२१ का अध्यक्ष डा. रेवन्त कुमार भट्टराईले हस्तान्तरण गर्नुभयो ।

    सो अवसरमा क्लबका पूर्व अध्यक्ष हरिप्रसाद सुबेदीले “रोटरी हरि प्रसाद÷गीता सुबेदी सन्तति छात्रवृति कोष” बाट कक्षा १ देखि ५ सम्म प्रथम हुने छात्र, छात्रालाई जनही पाँच/पाँच हजारको दरले बार्षिक २५ हजार पाँच बर्षसम्म हस्तान्तरन गर्ने निर्णय सहितको ब्यानर बिद्यालयलाई हस्तान्तरण गर्नुभयो । बि.सं. २०७७ सालको बार्षिक परीक्षामा सर्बप्रथम हुने विद्यार्थीलाई सो छात्रवृत्ति दिईने छ ।

    कार्यक्रममा बोल्दै अध्यक्ष डा. भट्टराईले समग्र विद्यालयको स्तारोउन्नतीको लागि विद्यालयउमा एक लाख ५० हजार रुपैयाँ बराबरको शौचालय निर्माणको अन्तिम चरणमा पुगेको बताउनु भयो । उहाँले बालबालिकालाई शुद्ध खाने पानीको लागि यसै हप्ताभित्र पानीको फिल्टर जडान हुने उहाँले जानकारी गराउनु भयो । विद्यालयका कक्षाकोठाहरुको रंगरोगन समेत गरिने उहाँले जानकारी गराउनु भयो ।

    कार्यक्रममा प्रेसिडेन्ट इलेक्ट राजेन्द्रकुमार पियाले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । क्लबका सर्भिस प्रोजेक्ट चेयर नविन भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा निवर्तमान अध्यक्ष सुरेशबहादुर सेन ठकुरी, पूर्व अध्यक्ष जीवन श्रेष्ठ, जोइन्ट सेक्रेटरी बिमल छेत्री, कोषाध्यक्ष ऋषिराम तिमिल्सिना, बद्रीनाथ पोख्रेल लगायत विद्यालयका शिक्षक शिक्षिकाको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.