सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भ्रम र अवरोधहरुका बाबजुद जनसभामा व्यापक जनसहभागिता : नेकपा चितवन


  •    न्युजभित्तो/१८ माघ २०७७, आईतवार १७:३१ 
  • चितवन, १८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवन हिजो माघ १७ गते आयोजना गरेको जनसभामा भ्रम र अवरोधहरुका बाबजुद व्यापक जनसहभागिता भएको जनाएको छ । जनसभा परिचालन समितिका संयोजक काशीनाथ अधिकारीले आज आईतबार एक विज्ञप्ति प्रकाशित गरी आम जनसमुदायको सरकार, पार्टी र नेतृत्वप्रति व्यापक जनसमर्थन रहेको जनसभाले पुष्टि गरेको उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ “कोभिड १९ को प्रभाव कायमै रहेको, मौसम ज्यादै प्रतिकूल रहेको, अनेकौं किसिमका भ्रम र अवरोधहरुका बाबजुद पनि स्वस्फूर्त रुपमा सभामा जुनप्रकारले व्यापक उपस्थिति रह्यो त्यसबाट पार्टीका नेता तथा कार्यकर्ताहरु र आम जनसमुदायको सरकार, पार्टी र नेतृत्वप्रति व्यापक जनसमर्थन रहेको पुष्टि भएको ठानेका छौं ।”

    केही जनप्रतिनिधि र आफूलाई राजनीतिक शक्तिको दावी गर्ने सीमित व्यक्ति र समूहबाट अलोकतान्त्रिक चरित्र प्रदर्शन गर्दै जनसभालाई असफल बनाउने र बाधा अवरोध सिर्जना गर्न खोजेको उल्लेख गर्दै विज्ञप्तिमा यस्तो प्रवृत्तिको घोर भत्र्सना गरिएको छ । विज्ञप्तिमा भनिएको छ “यस्ता अलोकतान्त्रिक शैलीहरु जनसमुदायबाट परास्त भएको कुरा जनसभाबाट पुष्टि भएको कुरा जगजाहेरै छ ।”

    मुलुकको राजनीतिक परिस्थिति र सरकारले गरेका विकास निर्माणका काम, सरकारका भावी योजना बारेमा जे जति भ्रमहरु थिए ती सबै जनसभामा प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुबाट प्रष्ट भईसकेको उल्लेख गर्दै विज्ञप्तिमा आम जनसमुदायहरुमा कसैबाट भ्रमित नहुन आग्रह गरिएको छ ।

    छोटो अवधिको प्रचारप्रसार मार्फत् स्वस्फूर्त रुपमा व्यापक जनसहभागिता भएको कुरा उल्लेख गर्दै विज्ञप्तिमा जनसभामा उपस्थित सम्पूर्ण जनसमुदायलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ “जनताको व्यापक सहभागिताको लागि समाचार सम्प्रेषण गर्नुहुने सञ्चार माध्यम, सहजीकरण गर्ने तथा विभिन्न उपसमितिमा रहेर जनसभाको आयोजनामा महत्वपूर्ण भूमिका खेल्ने पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकहरु, जनसंगठनहरुलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।”

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कामलाई व्यवस्थित गर्न हाललाई भरतपुर–१०, रिजाल चोकमा अस्थायी सम्पर्क कार्यालय खोलिएकोले उल्लेख गर्दै उक्त कार्यालयबाटै सम्पर्क र समन्वय गरी पार्टीको सांगठनिक क्रियाकलाप अगाडि बढाइने जनाईएको छ । यसैबीच माघ २३ गते काठमाण्डौंमा हुने जनसभामा उत्साहका साथ सहभागी हुन आम जनसमुदाय र पार्टी पंक्तिलाई नेकपा चितवनले अपिल समेत गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ
    बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
    सुविधा सम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा सुरुः सेवाग्राहीको चाप बढ्यो
    • खाद्यान्नमा आत्मनिर्भर बन्न ‘एक वडा, एक उत्पादन’
    • दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ
    • परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत
    • कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.