सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पछिल्लो चौबीस घण्टामा एकसय पाँच सङ्क्रमित थपिए


  •    न्युजभित्तो/१८ माघ २०७७, आईतवार १६:४१ 
  • काठमाडौं, १८ माघ । नेपालमा कोरोना भाइरसका एकसय पाँच जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ९५९ जना पुगेको जनाएको छ ।

    पछिल्लो चौबीस घण्टामा तीन हजार ३०८ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका एकसय पाँच जना सङ्क्रमित थपिएका हुन् । अहिलेसम्म २० लाख ७१ हजार सात वटा पीसीआर परीक्षण भइसकेको छ ।

    देशका विभिन्न अस्पतालबाट २८८ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा ३५० जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६६ हजार ३३६ जना पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.२९ मा उक्लेकाे छ ।

    पछिल्लो चौबीस घण्टामा दुईजनाकाे मृत्यु भएकाे मन्त्रालयले उल्लेख गरेको छ । याेसँगै दुई हजार २९ जना सङ्क्रमितकाे मृत्यु भएकाे छ ।

    हाल दुई हजार ५९४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने दुई हजार ५९४ जना आइसोलेशनमा छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ
    बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
    सुविधा सम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा सुरुः सेवाग्राहीको चाप बढ्यो
    • खाद्यान्नमा आत्मनिर्भर बन्न ‘एक वडा, एक उत्पादन’
    • दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ
    • परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत
    • कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.