सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गोरखा भूकम्पको अध्ययनमा लोकविजय अधिकारीलाई विद्यावारिधि


  •    न्युजभित्तो/१८ माघ २०७७, आईतवार १६:२१ 
  • काठमाडौँ, १८ माघ । ‘अहिले भर्खरै गएको भूकम्पको केन्द्रबिन्दु कहाँ हो सर ? कति रिक्टरको भूकम्प’ आदि प्रश्न दैनिकजसो पत्रकारले राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीलाई राख्दथे ।

    विसं २०७२ को गोरखा भूकम्प (७.६ रिक्टर स्केल) पछि धेरै पत्रकारको जिज्ञासा मेटाउनमै लोकविजयको समय जाने गरेको थियो । आज उनै लोकविजयले भूकम्पसम्बन्धी यस्तै प्रश्नका विषयमा विद्यावारिधि हासिल गर्नुभएको छ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट अधिकारीले गोरखा भूकम्प र त्यसको परकम्पको अध्ययनमा विद्यावारिधि प्राप्त गर्नुभएको हो ।

    अधिकारीले फ्रान्सको पेरिस विश्वविद्यालयबाट आफूले विद्यावारिधि उपाधि प्राप्त गरेको सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्नुभएको छ । “अहिले भर्खरै गएको भूकम्पको केन्द्रबिन्दु कहाँ हो सर ? अब, भूकम्प जान्छ कि जाँदैन सर ? यी दुई प्रश्न २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पपछिका केही महिनासम्म मलाई धेरै सोधिएका र मैले धेरै उत्तर दिएका प्रश्नहरु हुन् । गोरखा भूकम्प र त्यसका परकम्पका बारेमा मैले गरेको अध्ययनबाट पेरिस विश्वविद्यालयले मलाई विद्यावारिधि उपाधि प्रदान गरेको छ”, अधिकारीले लेख्नुभएको छ ।

    खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक एवं प्रवक्ता जयराज घिमिरेले विभागका वरिष्ठ सिस्मोलोजिष्ट अधिकारीले गोरखा भूकम्पको तथ्याङ्कबारे विद्यावारिधि प्राप्त गरेको जानकारी दिनुभयो । अधिकारीले दुई दिनअघि यो उपाधि पाउनुभएको हो । उहाँसँगै जापानको टोकियो विश्वविद्यालयबाट विभागकै सिस्मोलोजिस्ट मुकुन्द भट्टराईले पनि विद्यावारिधि गर्नुभएको थियो । भट्टराईले गोरखा भूकम्पपछि काठमाडौँको भूकम्पीय जोखिम सङ्कलन गरी त्यसले भौतिक संरचनामा पार्ने प्रभावका विषयमा विद्यावारिधि गर्नुभएको हो ।

    भट्टराईले एक महिनाअघि विद्यावारिधि गर्नुभएको थियो । गोरखा भूकम्पपछि केन्द्रको स्टेशनले मापन गरेका भूकम्पीय तरङ्गको नेपालमै बसेर नेपाली प्रविधि र स्रोतसाधनबाटै अध्ययन गरी विद्यावारिधि प्राप्त गरिएको र यसले भविष्यमा भूकम्पको जोखिमबारे अध्ययन अनुसन्धान गरी बेलैमा सचेतना अपनाउने कार्यमा सहयोग पुग्ने भट्टराईले बताउनुभयो ।

    यता अधिकारीले गोरखा भूकम्पले धेरै नयाँ कुराको अध्ययन गर्न बाटो खोलिदिएको र यो भन्दा पहिला अध्ययन हुन सकेको विषय भएकाले भविष्यमा पनि धेरै अर्थ राख्ने काम गर्न पाएकामा उहाँले खुशी व्यक्त गर्नुभएको छ । अधिकारीले औपचारिक शिक्षाको शुरुदेखि आजसम्म हरेक तहमा साथ दिनु हुने र सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नुभएको छ । उहाँले भूकम्पबारे सचेत रहन र पूर्व तयारी गर्न पनि आम समुदायमा आग्रह गर्नुभएको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ
    बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
    सुविधा सम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा सुरुः सेवाग्राहीको चाप बढ्यो
    • खाद्यान्नमा आत्मनिर्भर बन्न ‘एक वडा, एक उत्पादन’
    • दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ
    • परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत
    • कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.