मुलुक बदल्ने नारा दिए, तर मुलुक होइन आफैँ बदलिए:युवा नेता कोइराला
न्युजभित्तो/१८ माघ २०७७, आईतवार १३:५४
रविन देवकोटा – चितवन,१८ माघ । रत्ननगर जेसिज र रत्ननगर जुनियर जेसिजको पद हस्तान्तरण कार्यक्रम हिजो सम्पन्न भएको छ।
उक्त कार्यक्रम राष्ट्रिय जेसीजका पुर्व अध्यक्ष जेसी आइ सिनेटर,नेपाली कांग्रेस चितवनका युवा नेता दिनेश कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी कोइरालाले, मुलुक अहिले अत्यन्तै गम्भीर अबस्थामा पुगेको छ। कम्युनिष्ट हरुले आफ्नो ब्यक्तिगत स्वार्थ र महत्वले जबरजस्त संकट निम्त्याउने काम गरे। नेताहरु को झगडामा कुनै सैदान्तिक बिबाद हुदैन, मात्र उनिहरुको स्वार्थ लुकेको हुन्छ त्यस कारण हामी नेपालीहरुले पीडा भोग्नु परेको बताउदै, राजनीति समाज रुपान्तरणको लागि हो, कमजोर अबस्था भएका मान्छेको जीवन परिवर्तनको लागि हो, तर आजको राजनीति नेताहरुको जीवन मात्र परिवर्तन भएको छ। हामी जहाँ छौ, जुन दलमा छौ, त्यहि बाट परिवर्तन गर्न जरुरी छ। जस्ले गलत गर्छन्, त्यसलाई खबरदारी गर्ने समेत अनुरोध गर्नुभएको थियो।
उक्त कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष,नेपाल जेसिज को राष्ट्रीय उपाध्यक्ष जेसी बिमल ज्ञवाली,जेसी बासु दवाडी,जेसी पुरुषोत्तम रिजाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
उक्त कार्यक्रममा बर्ष २०२०को अध्यक्ष जेसी प्रदिप अधिकारी ले बर्ष २०२१को अध्यक्ष जेसी हेमराज आचार्य लाई अध्यक्ष पद हस्तान्तरण गर्नुभएको थियो भने जु. जेसी बिदुर खनालले बर्ष २०२१ को अध्यक्ष जु. जेसी आशा घिमिरेलाई अध्यक्ष पद हस्तान्तरण गर्नुभएको हो।