सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गीतानगर जेसीजद्वारा आज प्रभावकारी भाषण कला तालिम सम्पन्न


  •    न्युजभित्तो/१७ माघ २०७७, शनिबार २१:०५ 
  • रविन देवकोटा – चितवन,१७ माघ  । गीतानगर जेसीजले आज प्रभावकारी भाषण कला तालिम सम्पन्न गरेको छ।भरतपुर ०६ चोकबजारमा रहेको होटल रोयल ब्याङक्वटमा सम्पन्न भएको उक्त तालिम गीतानगर जेसीज बर्ष २०२१का तालिम आयुक्त जेसी विकास सापकोटाको संयोजकत्वमा सम्पन्न भएको हो।

    गीतानगर जेसीज वर्ष २००३ का पुर्व अध्यक्ष जेसी राजनकुमार श्रेष्ठ प्रमुख अतिथी रहनुभएको सो तालिम गीतानगर जेसीज बर्ष २०२१ अध्यक्ष जेसी अर्जुन पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

    उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले यस्ता सिपमुलक तालिमले आगामी दिनमा धेरै मद्दत पुर्याउने बताउदै यस्ता तालिमहरु बाट नै दक्ष बन्न सकिने र यस्ता तालिमहरु गीतानगर जेसीजले जस्तै अन्य जेसीज शाखाहरुले नि संन्चालन गर्नु पर्नेमा जोड दिनुभयो।

    उक्त तालिममा भलवारी जेसीजका पुर्व अध्यक्ष जेसी मुक्तिनाथ गैरेले सहभागीहरुलाइ प्रशिक्षण दिई उक्त तालिमको मुख्य प्रशिक्षक रहनुभएको थियो। सो तालिममा गीतानगर जेसीजका पुर्व अध्यक्ष,राष्ट्रिय जेसीजका पुर्व राष्ट्रिय उपाध्यक्ष जेसी कृष्ण सापकोटा,गीतानगर जेेेेसीज का पुुुर्व अध्यक्ष जेेेसी गोविन्द  आचार्य गीतानगर जुनियर जेसीज बर्ष २०२१कि अध्यक्ष बिन्दु कोइराला अतिथी रहनुभएको थियो।

    उक्त तालिममा कार्यक्रम संयोजक गीतानगर जेसीज बर्ष २०२१का तालिम आयुक्त जेसी विकास सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो।गीतानगर जेसीजद्वारा गरिएको उक्त तालिममा विभिन्न संघसंस्थाको प्रतिनिधित्व गरेर आउनु भएका व्यक्तिहरु सहित ४०जनाले सहभागीता जनाएका थिए। सहभागी मध्येहरुबाट अभिष्कार  चापागाईले  उत्कृष्ट सहभागीको अवार्ड पाउनुभएको छ। सो तालिमलाई  गीतानगर जेसीज बर्ष २०२१का महासचिव प्रवीण पोख्रेलले संन्चालन गर्नुभएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ
    बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
    सुविधा सम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा सुरुः सेवाग्राहीको चाप बढ्यो
    • खाद्यान्नमा आत्मनिर्भर बन्न ‘एक वडा, एक उत्पादन’
    • दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ
    • परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत
    • कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.