सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सडक चौडा बनाउँदा र सभाहल बन्दा किन छट्पटी ? : प्रधानमन्त्री ओली


  •    न्युजभित्तो/१७ माघ २०७७, शनिबार १८:५५ 
  • भरतपुर, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक चौडा बनाउँदा र सभाहल बन्द कतिपयलाई छट्पटी भईरहेको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनद्वारा आज शनिबार भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले विकासका काम गर्दा छट्पटी किन भनी प्रश्न गर्नुभएको हो ।

    सडक र सभाहलको शिलन्यास गरिएको भन्दै उहाँले भन्नुभयो “अब यी योजना छिट्टै तयार गर्ने अभियानमा जुटेका छौं ।” उहाँले अगाडि थप्नुभयो “हामीले राजमार्ग ६ लेन बनाउने कार्यको शिलन्यास गरेका छौं, हामीले सभाहलको शिलन्यास गरेका छौं, उहाँहरु किन छट्पटाउनुभयो ?” उहाँले प्रश्न गर्दै भन्नुभयो “बाटो बन्दा पिर किन परेको ? सभाहल बन्दा किन पिर परेको । बजेट हामीले दिने, निर्माण हामीले गर्ने अनि यहाँ कुन केटाकेटीले शिलन्यास गर्ने ?”

    प्रधानमन्त्री ओलीले माडीलाई ‘मडी’ बनाउँछु भनेको स्मरण गराउँदै भन्नुभयो “तर सोही क्षेत्रबाट निर्वाचित सांसद मडी बनाउँछु भनेको विरोध गर्दैमा ठिक भएको छ ।” उहाँले प्रचण्डले भगवान राम चितवन माडीको अयोध्यापुरीमा जन्मेको हो भनेर किन बाल्दैनन् भनेर प्रश्न गर्नुभयो । चितवनबाट चुनाव जितेको सांसदले नै राम माडीमा जन्मेको भन्ने डराउने गरेको उहाँको भनाई छ ।

    माडीको अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि गुरुयोजना बन्दै गरेको भन्दै उहाँले भन्नुभयो “रामको भव्य प्रतिमूर्ति तयार भईसकेको छ, सीताको बनिरहेको छ, अब लक्ष्मण र हनुमानको पनि बन्छ ।” अर्काे सालको रामनवीमा राम जन्मभूमि अयोध्यापुरीमा भव्य ढंगले प्राणप्रतिष्ठा गर्ने उहाँले बताउनुभयो । अयोध्यापुरी अब विश्वका हिन्दूहरु, सांस्कृतविद्हरु, पुरातत्वविद्हरु, सभ्यताविद्हरुको गन्तव्य स्थान हुने ओलीको भनाई छ । उहाँले भन्नुभयो “यो पर्यटकीय स्थल बन्नेछ । धेरै तीर्थालुको गन्तव्य बन्नेछ ।”

    फरक प्रसंसदमा उहाँले घोषणा गरिएकै मितिमा निर्वाचन हुने बताउँदै भन्नुभयो “घोषित मिति तलमाथि पर्दैन ।” कतिपयले निर्वाचन हुँदैन भनेर भ्रम फिजाएको बताउँदै उहाँले भन्नुभयो “यो चुनावको घोषणा चुनाव गर्नका लागि होइन, अल्मल्याउनका लागि गरिएको हो भनेर भनेका छन्, तिनीहरु अल्मलिंदै गरुन् ।” उहाँले जोड दिंदै भन्नुभयो “चुनाव हुन्छ, भनेकै मितिमा, तोकिएकै मितिमा, घोषणा गरिएकै मितिमा हुन्छ, तपाईहरु ढुक्क रहनुहोस् ।”

    अबको चुनावमा कुनै गल्ती गर्नेलाई छान्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो “चुनावमा साईनो सम्बन्ध देशभित्र भएका, देश र जनताको आदेश र हितमा काम गर्नेलाई छानेर पठाउनुपर्छ ।” नाभी विदेशमा गाडिएकाहरु र नाभी अत्यै जोडिएकाहरुलाई अब चुनावमा छान्न नहुने उहाँको भनाई थियो ।

    देशको, राष्ट्रियताको र स्वाधिनताको सही अर्थमा रक्षा आफू र आफ्नो पार्टीले गर्ने भन्दै उहाँले भन्नुभयो “निरंकुश राजतन्त्र, पञ्चायती तानाशाही र कुनै पनि अवस्थामा घुँडा टेकिएन । नेल हत्कडी लगाएर गोलघरमा थुन्दा घुँदा टेकिएन, अब घुँडा टेक्नुपर्ने अवस्था छैन । स्वाभिमानलाई माथि उठाईन्छ ।”

    नयाँ युगमा नेपाल प्रवेश गरेको भन्दै प्रधानमन्त्री ओलीले अगाडि भन्नुभयो “एउटा नयाँ युगको प्रारम्भ भएको छ, अनेक क्षेत्रमा नयाँ युगको प्रयोग गरेका छौं, आत्मविश्वासका साथ देश विकास गर्ने महान अभियानमा जुटेका छौं ।”

    नवलपरासीको दाउन्नेदेखि मकवानपुरसम्मको ४ हजार ७८८ वर्गकिलोमिटर क्षेत्रलाई समेटेर चितवन भ्यालीको रुपमा विकास गरिने उहाँले जानकारी दिनुभयो । यसका लागि गुरुयोजनासहित काम अघि बढ्ने उहाँको भनाई छ । उहाँले निकुञ्जको संरक्षणसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्वलाई कम गर्ने पनि बताउनुभयो ।

    विश्वका थोरै राष्ट्रले मात्रै शुरु गरेको कोभिड १९ विरुद्धको खोप नेपालमा शुरु भईसकेको उहाँले बताउनुभयो । अग्रपंक्तिमा रहेकाहरुलाई अहिले खोप लगाईएको बताउँदै उहाँले क्रमशः सन् २०२१ भित्र सबैलाई खोप लगाईसक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “सम्पूर्ण जनतालाई खोप लगाईसकेर कोभिड १९ लाई देशबाट भगाउछौं, बाँकी विश्वले पनि भगाउँछ भन्ने हामीलाई विश्वास छ ।”

    कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले संसद विघटन संवैधानिक कम भएको बताउनुभयो । उहाँले भन्नुभयो “यो संवैधानिक हो भन्ने कुराको जवाफ तपाई जनताले दिनुभएको छ, फुटका विरुद्ध जनताले एकताको सन्देश दिनुभएको छ ।” उहाँले आफूहरु गुटको पक्षमा नभएर पार्टीको पक्षमा रहेको बताउनुभयो । पार्टीले अहिले शुद्धिकरण अभियान अघि बढाएको भन्दै उहाँले पार्टीभित्र अवसरवाद, विकृति विरुद्धको शुद्धिकरण भईरहेको बताउनुभयो ।

    आम नागरिक राष्ट्रिय एकताको पक्षमा भईरहँदा अवसरवादीहरु पार्टीबाट किनारा लागेको उहाँको भनाई थियो । उहाँले उनीहरुले देशमा अस्थिरता चाहन्छन्, तर हामी देशलाई स्थायित्व दिन चाहन्छौं भन्नुभयो । उहाँले भन्नुभयो “स्थायित्वबिना प्रगति सम्भव छैन, समाजवाद स्थापना गर्न सक्दैनौं ।” पार्टी छोडेर गएकाहरुलाई आफ्ना गल्ती र कमजोरी स्वीकारेर पार्टीमा फर्किन आग्रह गर्दै गृहमन्त्री थापाले भन्नुभयो “आउनुहोस् पार्टीमा फर्किनुहोस्, जनता एकता चाहन्छन्, विकास चाहन्छन् ।”

    बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले समृद्धिको यात्रालाई अघि बढाएको भन्दै भन्नुभयो “यो सरकारले विकास मात्रै ग¥यो, लुटतन्त्र र भ्रष्टाचार गरेन, हामी कहिल्यै चुकेनौं ।” समृद्धि नेपाल सुखी नेपालीका लागि प्रधानमन्त्रीलागिरहेको उहाँको भनाई थियो ।

    कार्यक्रममा शहरी विकास मन्त्री प्रभु साहले चितवनलाई समृद्धिको मोडेलको रुपमा विकास गर्ने बताउनुभयो । चितवनको छुट्टै पहिचान रहेको बताउँदै उहाँले नेपालको समृद्धिको यात्रामा पनि यसलाई मोडेको रुपमा अगाडि बढाउने बताउनुभयो । उहाँले चितवनका नेता भनेर चिनिनेहरुले चितवनको छवि धमिल्याउन खोजेको भन्दै भन्नुभयो “यहाँका जनताले त्यो गर्न दिने छैनन् ।” उहाँले चितवनको धर्तीबाट देश र दुनियालाई भ्रमित पार्ने कोशिस भएको भन्दै भन्नुभयो “त्यस्तालाई तपाईहरुले जवाफ दिनुपर्छ ।”

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले समृद्धि नेपाल सुखी नेपालीको अभियान शुरु भईसकेको बताउँदै भन्नुभयो “देश विकासका लागि ठूलाठूला योजना शुरु गरिएको छ ।” चितवनको विकासका लागि सरकारले काम गरिरहेको बताउँदै आजै मात्रै पुल्चोक–गोन्द्राङ ६ लेन सडक र सिटीहल शिलन्यास भएको बताउनुभयो । उहाँले चितवनमा भरतपुर महानगरभित्र रिङरोड, चौबीसकोठी–गोलाघाट सहायक राजमार्ग, हुलाकी सडक र पुलहरु बन्दै गरेको बताउनुभयो ।

    सो अवसरमा नेकपा बागमती प्रदेश कमिटी अध्यक्ष एवं पूर्व मन्त्री आनन्द पोखरेल, भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष एवं नेकपा केन्द्रीय सदस्य देवीप्रसाद ज्ञवाली, नेकपा केन्द्रीय सदस्य पार्वती रावल, नेकपा प्रदेश कमिटी सदस्य प्रकाश खनाल शैलेस, नेकपा महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपाने लगायतले मन्तव्य राख्नुभएको थियो । सभामा ठूलो संख्यामा जनसहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.