सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री ओलीले आज भरतपुरमा विशाल सभालाई सम्बोधन गर्ने


  •    न्युजभित्तो/१७ माघ २०७७, शनिबार ०६:४९ 
  • चितवन, १७ माघ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आज शनिबार भरतपुरमा विशाल सभालाई सम्बोधन गर्नुहुने भएको छ । नेकपा चितवनले आयोजना गरेको जनसभालाई प्रम ओलीले सम्बोधन गर्न लाग्नु भएको हो ।

    प्रधानमन्त्री ओलीले मध्यान्ह १२ः३० बजे भरतपुरको केन्द्रीय बस टर्मिनलमा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा चितवनका कार्यालय संयोजक पार्वती रावलले जानकारी दिनुभयो । रावलका अनुसार जनसभामा जिल्लाका गाउँगाउँबाट आम जनसमुदायको ठूलो संख्यामा उपस्थिति रहने छ । जिल्लाका प्रत्येक वडाबाट जनसभामा आउनका लागि तयारी भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “गाउँगाउँ र टोलटोलबाट स्वतःस्फूर्त रुपमा जनसमुदायहरु सभामा आउने हामीलाई जानकारी आएको छ ।”

    सभास्थलमा आउने जनसमुदायलाई तीन ठाउँमा जम्मा भएर ¥यालीसहित आउने व्यवस्था गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार पूर्वबाट आउने जनसमुदायलाई भरतपुरको वसन्तचोक, पश्चिमबाट आउने जनसमुदायलाई चौबीसकोठी र उत्तरबाट आउने जनसमुदायलाई मालपोतचोकमा जम्मा भई ¥यालीसहित आउने व्यवस्था गरिएको छ ।

    ¥याली र सभालाई व्यवस्थित गर्न ठूलो संख्यामा स्वयंसेवक परिचालन गरिएको नेकपा भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

    जनसभामा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु साह लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    सभालाई सम्बोधन गर्नु अघि प्रधानमन्त्री ओलीले भरतपुरमा बन्न लागेको पुल्चोक–गोन्द्राङ ६ लेन सडक विस्तारको शुभारम्भ र भरतपुरमा निर्माण हुन लागेको सिटी हलको शिलान्यास गर्नुहुने कार्यक्रम रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.